भक्तपुरको फर्निचर कारखानामा शव फेला

admin

भक्तपुर, ५ वैशाख : मध्यपुरथिमि नगरपालिका–१ मनहरा नरेफाँट कखरा स्कुल नजिकै हरिप्रसाद चौलागाईको  काठ फर्निचरमा आज एक युवकको शव भेटिएको छ । फर्निचरको सुत्ने टहराको कोठामा मकवानपुर राईगाउँ–३ घर भई हाल सोही फर्निचरमा काम गर्ने १९ वर्षीय वीरबहादुर तामाङको झुण्डिएको अवस्थामा शव फेला परेको हो ।

फाइल फोटो

शव परीक्षणका लागि भक्तपुर अस्पताल पठाएर घटनाबारे अनुसन्धान शुरु गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया