भक्तपुरमा करेन्ट लागेर महिलाको मृत्यु

राष्ट्रिय समाचार समिति

मध्यपुरथिमि, २३ भदौ : भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सरस्वतीस्थान बस्ने ४६ वर्षीय नन्दकुमारी तिमल्सिनाको करेन्ट लागेर आज मृत्यु भएको छ ।

गोठमा गाईलाई घाँस दिने क्रममा भूइँमा लत्रिएको बिजुलीको करेन्ट भएको तार कुल्चिदा करेन्ट लागेर मृत्यु भएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो ।

घट्नास्थल पुगेको प्रहरी टोलीले शवको मुचुल्का गरी परीक्षणका लागि भक्तपुर अस्पताल पठाइएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया