भक्तपुरमा ३६ वर्षीय युवक मृत फेला

मनिषा थापा

भक्तपुर : भक्तपुरमा एक युवक मृत अवस्थामा फेला परेका छन्। आइतबार दिउँसाे आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा सिन्धुपाल्चोक बाह्रबिसे घर भई हाल च्यामासिंहमा बस्दै आएका ३६ वर्षीय कुल बहादुर भण्डारी फेला परेका हुन् ।

झुण्डिएको अवस्थामा शव फेला परेको सूचनामा आधारमा पुगेको प्रहरीले शव पोष्ट मार्टको लागि भक्तपुर अस्पतालामा राखिएको र थप अनुसन्धान भइरहेको बताएको छ ।

आज बिहान नै भक्तपुरको मध्यपुर ठिमीस्थित धुन्चेपाखामा र चाँगुनारायण नगरपालिका छलिङको जंगलमा दुई जना झुण्डिएको अवस्थामा फेला परेका थिए ।

प्रतिक्रिया