एसएसपी सकुल थापाले खोले भक्तपुर घटनामा प्रहरीलाई सफलता मिल्नुको राज (भिडियो)

मनिषा थापा

पिएनपिखबर : ६० वर्षिया सावित्री भट्टराईलाई हत्या गर्ने अभियुक्तलाई घटना घटेको १५ घण्टाभित्र पक्राउ गर्न सफल भएका एसएसपी सकुल थापाले आजभोलि अपराध घट्दै गएको बताएका छन्। लगनशीलता, जनशक्ति, सर्वत्र खटिएको प्रहरी, जनतासँगको सहकार्यले गर्दा अनुसन्धान सफल सम्भब भएको उनले जनाए। पछिल्लो समय शान्ति सुरक्षा सुध्रित हुँदै गएको उनको भनाई छ।

उनले भक्तपुरमा घटेको घटना विशुद्ध रहेको बताएका छन्। उनले भने, ”प्रेमसम्बन्धलाई अघि बढाउँनलाई  बाधक बनेकी आफ्नै आमालाई मारिएको घटना हो। भारतबाट झिकाइएको मानिस कन्ट्रयाक किल्लर नभएको र प्रहरीबाट घटना पछि बच्न सकिन्छ भनेर टाढाको व्यक्ति लाइएको। पारिवारिक कारण भएकोले यसलाई अन्यपक्षसँग जोडेर जनमानस त्रसित हुनु पर्ने अवस्था छैन।”

त्यसतै उनले बनेपामा भएको सुइरो आक्रमण बारे पनि आफ्नो अभिव्यक्ति दिएका छन्। उनले भने, ”बनेपामा सुइरो आक्रमण भएको भनिएको घटना मनोवैज्ञानिक असर मात्र हो। किनभने पिडित र पीडकबाट बुझ्दा सुईरो र सुई आक्रमण नभएको प्रमाणित भयो। सामाजिक संजालमा भाइरल भएको खबरले सर्वसाधारणको दिमागमा मनोवैज्ञानिक असर परेको हो।”

समाजमा भईरहेको अपराधलाई न्यूनीकरण गर्न दिनरात खटिएको उनको भनाई छ। 

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू