भरतपुर अस्पतालमा बिरामी कुरुवा घर बनाइने

admin

भरतपुर, ५ माघ:  चितवनको भरतपुर अस्पतालमा आउने बिरामी कुरुवाका लागि अलग्गै सुविधासम्पन्न भवन बन्ने भएको छ । अस्पतालको करीब पाँच कठ्ठा जग्गामा सभाकक्षसहितको अत्यधुनिक कुरुवा घर बन्ने सघन शहरी तथा भवन निर्माण आयोजनाका प्रमुख कुमार घिमिरेले बताउनुभयो । 

उक्त आयोजनाको चौँथो चरणअन्तर्गत रु छ करोडको लागतमा दुई वर्षभित्र सो भवन निर्माण गर्ने गरी रविना–जोशी–फूलजोर जेभीसँग निर्माण सम्झौता गरिएको छ । कुरुवा घरमा ५० श्यया रहनेछन् । कुरुवा घरभित्र रेष्टुरेण्ट, पार्किङ, सभाहलसमेत हुने उहाँले बताउनुभयो । अस्पताल भवन साँघुरो हुँदा बिरामीका कुरुवा यत्रतत्र अलपत्र बस्दै आएका थिए । छसय श्ययाको उक्त अस्पतालमा दैनिक करीब एक हजार बिरामी स्वास्थ्य जाँच गराउन आउने गरेकामा ४५० बिरामी भर्ना हुने गरेको अस्पतालले जनाएको छ । 

-रासस 

प्रतिक्रिया