भलिबल र ब्याडमिन्टनका २१ कोर्ट बनाइने

admin

पोखरा, ३ वैशाख : ‘स्वास्थ्यका लागि खेलकूद’ नाराका साथ पोखरा महानगरपालिकाले २१ स्थानमा भलिबल र ब्याडमिन्टन कोर्ट निर्माण गर्ने भएको छ । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा आज बसेको खेलकूद पूर्वाधार निर्माणसम्बन्धी बैठकले कूल रु ६७ लाख १३ हजारको लागतमा १४ स्थानमा भलिबल कोर्ट तथा सात स्थानमा ब्याडमिन्टन कोर्ट निर्माण गर्ने निर्णय गरेको छ ।  

बैठकको निर्णयअनुसार बाराही मावि, वडा नं १३ धुवाँखोला, छोरेपाटन र महतगौँडा, तिलबारी, रैकर, नवोदय युवा क्लब, मैदानडाँडा पोखरी, ठूलीवेणी, माझठाना, कालिकावेशी, बेगनासड्याम र सुर्ताने खेलमैदानमा भलिबल कोर्ट निर्माण गरिने भएको छ । 

 

त्यसैगरी सो बैठकले कोपिलाढुङ्गा, तिलहारको पाखा, सतानेश्वर मार्ग, धूपीचौर मौला, जैसीचौर, अर्घौबजार र खुदीमा ब्याडमिन्टन कोर्ट निर्माण गरिने महानगरका सूचना अधिकारी गङ्गालाल सुवेदीले जानकारी दिनुभयो । 

-रासस

प्रतिक्रिया