भविष्यवाणी गर्ने सबिता मातालाई घरमै पुगेर धम्क्याउन पुगे युवक, माता सङ्कटमा (भिडियो)

मनिषा थापा

पिएनपिखबर :  कहिलो नेता त कहिले पूर्व राजा यति मात्र हैन देश र अन्तरराष्ट्रिय राजनीतिको समेत भविष्यवाणी गरेर सबिता माता बेलाबखतमा चर्चामा आइरहने गर्छिन तर अहिले भने उनीमाथि ज्यान लिने प्रयास भएको भन्दै चर्चामा आएकी छिन्। 

फागुन २ गते बिहिबारको दिन आफ्नै घरमा एक युवकले हत्या गर्ने योजना लिएर आएको भन्दै माताले प्रहरी चौकीमा उजुरी दिएकी छिन्। तनहुँ घर बताउने युवकले आँफुलाई गन देखाउँदै हत्याको प्रयास गरेको उनको भनाई छ। यस अघि पनि आँफुलाई हत्या गर्ने योजनाका साथ दुधमा विष हालेर दिएको घटनाका विषयमा दाबी गरे लगत्तै उनले फेरी अर्को नयाँ रहस्य खोलेकी हुन ।

उनले ती युवक आउने दिन आफुले सपना नराम्रो देखेको कुरा आफ्ना भक्तजनलाई समेत् पोखेको बताईन। माताको अनुसार, ती युवक आएपछि आफु टाढाबाट आएको भन्दै लाइनमा बस्न मानेन् र जबरजस्ती गरिरहे। मातालाई शंका लागेपछि उनले सबैको ब्याग छानबिन गर्ने कुरा भयो। त्यो कुरा सुनेपछि ती अपरिचित युवक जुरुक्कै उठे र खाना खान जान्छु भोकै छु भनेर गए। त्यसपछि ३ घण्टा हराए। त्यही बेला माताले प्रहरी बोलाइन। प्रहरीले सोधपुछ गर्दा युवकले आफ्नो मान्छे ठुला पदमा छन् भनेर धम्काए। उनले नम्बर पनि झुटो दिएको माताले बताइन।

प्रहरीले पनि अहिले घटना बारे छानबिन गरेको र भक्त भनेर नै आएका कारण तत्काल पक्रिन आदेश नदिएको माताको भनाई छ। उनले आफ्नो दुश्मनी कोहीसँग नभएको तर पत्रकारहरुले आँफुलाई गलत समाचार सार्वजनिक गरेर दु:ख दिइरहेको भन्दै आक्रोश पोखेकी छिन् ।

हेर्नुहोस भिडियो :

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू