भाइरल जोडी लेख बहादुर र रुकमणिको साह्रै रमाइलो भिडियो सार्वजनिक

शर्मिला गुरुङ

काठमाडौँ, २३ पुस : अहिले पछिल्लो समयमा अत्यन्तै भाइरल भएको जोडी रुकमणि खड्का र लेख बहादुर मोक्तान हुन् , करिब ८ वर्षा लामो प्रेमलाइ उनीहरुले एकाएक बिबाहमा पुर्याएका छन् , केहि समय पहिले अर्थात् उनीहरुको बिबाह हुनु भन्दा पहिलेनै निर्देशक बिष्णु भट्टराईले उनीहरुलाई एउटा रमाइलो गीत “भेट्नलाई आउ है कान्छा” बोलको गीतमा अभिनय गरेका थिए।

सोहि गीत भर्खरै मात्रै युटुबमा सार्बजनिक बएको छ l बिशाल बास्तोला र टिका पुनको आवाज, राजु चौलागाईको लय सब्दमा तयार भएको गीतको भिडियोलाई बिष्णु भट्टराईले निर्देशन सम्पादन गरेका छन् भने बसु बरालले छायांकन गरेका छन् । राजु मास्टर, बल्छी धुर्बे,आशा खड्का, रुकमणि खड्का, लेख बहादुर मोक्तान, राजु चौलागाईको समेत अभिनय यो भिडियोमा रहेको छ।

अविरल फिल्म्सको दृश्य निर्माण तथा बजार ब्यबस्थापनमा तयार भएको अत्यन्तै रमाइलो भिडियो हेर्नुहोस :

प्रतिक्रिया