भाइरल बालगायक ध्रुव बिकले जिते यस्तो पदक [भिडियोसहित]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। भाइरल ध्रुव बिक अहिले पढ्नमा नै व्यस्त छन्। उनी बलुवाखानी, कपनमा रहेको तिरुपति बोर्डिंग स्कुलमा अध्ययनरत छन्। होस्टेलमा नै बसेर पढ्ने भएकाले उनलाई मिडियामा तकमै मात्र देखिन्छ।

भर्खरै परिक्षा सकेर जाडो महिनाको विदा भएको बेला भने ध्रुब सामाजिक संजालमा सक्रिय भएका छन्। उनको पहिलो गीत रेकर्ड भइसकेको छ। उनी अब यहिँ जाडो बिदाको बेला भिडियो बनाउने तयारीमा छन्।

अन्तर्वार्तामा ध्रुबले आफु पढाई सँगसँगै अन्य क्रियाकलापमा पनि अग्र पंतिमा आएको बताए। विद्यालयले नै आयोजना गरेको ताइकेन्दोमा उनले जित हासिल गर्न सफल भएका छन्। उनले उक्त खेलमा आफु तेस्रो भएको बताए।

पहिलो पटक गेममा मेडल जितेका उनले सबै भन्दा पहिला आफ्नो आमाबुबा र उनले भगवान भन्दा बढी मान्ने युबराज खत्रीलाई सम्झेको बताए।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू