भारतद्वारा माल्दिभ्स पराजित

admin

विराटनगर, २९ फागुन : पाँचौँ महिला साफ फूटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा भारतले माल्दिभ्सलाई पराजित गरेको छ । शहीद रङ्गशालामा भएको खेलमा भारतले माल्दिभ्सलाई ६–० गोल अन्तरले हराएको हो ।

भारतका लागि सञ्जु यादवले दुई तथा सन्ध्या रङ्गनाथन, इन्दुमति कासिरेतान र रतनबाला देवीले एक÷एक गोल गरेका थिए । माल्लिभ्सका गोलकिपर अमिनाथ लिजाले आत्मघाती गोल गरेका थिए । खेल अवधिभर भारतले माल्दिभ्सलाई दबाबमा राखेको थियो । पहिलो हाफमा ५–० को फराकिलो गोल अन्तरले अग्रता बनाएको भारतले दोस्रो हाफमा आक्रमक खेल खेलेको थियो । माल्दिभ्सका खेलाडीले रक्षात्मक खेल खेलेका थिए । बिहीबार समूह ‘ए’ मा रहेका बङ्गलादेश र भूटानबीच प्रतिस्पर्धा हुनेछ ।
-रासस

प्रतिक्रिया