भारतमात्र होइन अब चीनको रियालिटी शो ‘भ्वाइस अफ चाइना’ मा पनि पुगे नेपाली प्रतिभा

रिता घिसिंग

भारतीय रियालिटी शो मा नेपाली नागरिकको सहभागिता अब पुरानोजस्तै भइसक्यो । यतिबेला एक नेपाली युवा भने ‘भ्वाइस अफ चाइना’ मा पुगेका छन् । उनी हुन् काठमाडौंका सुजन श्रेष्ठ । आफ्नो यूट्यूब च्यानलमा भिडियो राख्दै श्रेष्ठले यसबारे जानकारी दिएका हुन् ।

नेपाली प्रतिस्पर्धीको नाताले ‘भ्वाइस अफ चाइना’ मा संघर्ष गरिरहेका सुजनले नेपाली दर्शकको साथ र सहयोगको लागि अपिल गरेका छन् । हालै भएको ‘सिल्क रोड — वान बेल्ट वान रोड’ म्यूजिक कम्पिटिसनमा पनि सुजनले दोस्रो स्थान हासिल गर्न सफल भए । ७२ देशले सहभागिता जनाएको उक्त प्रतिस्पर्धामा ५०० जना भन्दा बढी प्रतिस्पर्धीमध्ये सुजनले नेपालको प्रतिनिधित्व गरेका थिए ।

प्रतिक्रिया