भारतमा जबरजस्ती केटाबाट केटी बनाइएका सुरेन्द्रको सरकारसँग यस्तो गुनासो (भिडियो)

मनिषा थापा

पिएनपिखबर : भारतमा जबर्जस्ती बन्दि बनाई आफ्नो लिङ्ग परिवर्तन गराइएको भन्दै सुरेन्द्र सिहं माल मिडियामा आएका छन्। भारतमा कार्यरत कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर १ दोमिल्लाका सुरेन्द्र सिंह मालले भारतमा रहेका तेस्रो लिङ्गिहरुले हार्मोन र लिङ्ग परिवर्तन गरिएको उनले बताए।

मंगलबार पत्रकार सम्मेलन गरेर उनले दोषीमाथि कारवाहीको माग गरी न्याय मागेका छन्। उनले आफ्नो जिल्लामा न्याय नपाए पछि बुबासँग काठमाडौँ आएको बताए। उनी कक्षा १२ सकिए पछि भारतमा पढ्न र काम गर्न गएका थिए।

भारतको जम्बु भन्ने ठाउँमा इलायस नामका व्यक्तिले मान्छे लगाएर बन्दि बनाई विभिन्न कागजमा हस्ताक्षर गराई अप्रेशन गराएको भन्दै उनले दुख पोखे। त्यहाँका तेस्रो लिङ्गीले पछि उनीहरुको जस्तै तालीपिट्न, नाच्न, गाउँन र पैसा माग्न लगाएको उनको आरोप छ। अहिले उनको हाउभाउ सबै महिलाको जस्तो देखिन्छ। उनले कार्यक्रममार्फत सरकारले आफुलाई न्याय दिई बाच्ने अधार दिलाईदिन आग्रह गरे।

बाँकी हेर्नुहोस भिडियोमा…

प्रतिक्रिया

सम्बन्धित समाचारहरू