भारतविरुद्ध प्रदर्शनमा उत्रिएका विप्लव समूहका २ दर्जन विद्यार्थी नेताहरू पक्राउ !

मनिषा थापा

काठमाडौं : भारतले नेपाली भूमि समावेश गरेको नक्सा सार्वजनिक गरेको विरोधमा प्रर्दशनमा उत्रिएका नेत्र विक्रम चन्द नेतृत्वको अखिल (क्रान्तिकारी) मा आवद्ध दुई दर्जन बढी विद्यार्थी नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

आईतबार राजधानी माईतीघर मण्डलामा विद्यालय तहका विद्यार्थीहरुसँगै व्यानरसहित विरोध प्रर्दशनमा उत्रिएका चन्द नेतृत्वको नेकपामा आवद्ध अखिल (क्रान्तिकारी) का नेता, कार्यकर्तालाई प्रहरीले विरोध प्रर्दशनस्थलबाटै पक्राउ गरेको हो ।

उनीहरुले भारतको विरोधमा प्रर्दशन गरिरहेका विभिन्न समूहहरुको बीचमा रहेर सरकारविरुद्ध समेत चर्का नाराबाजी गरिरहेका थिए । त्यसैबेला प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई नेपाल पुलिस क्लव र महानगरीय प्रहरी वृत्त, सिंहदरबारमा राखिएको छ ।

सरकारले चन्द नेतृत्वको नेकपालाई आतंकवादी समूह घोषणा गर्दै उनीहरुको गतिविधिमाथि प्रतिबन्ध लगाएको छ ।

प्रतिक्रिया