भारतीय प्रहरीलाई भारत नै फिर्ता

admin

हेटौँडा, ११ जेठ: हतियारसहि: त हेटौँडामा भेटिएका भारतीय प्रहरी टोलीलाई मकवानपुर प्रहरीले भारत नै फिर्ता पठाएको छ । भारतीय प्रहरी आज हातहतियारसहित मकवानपुरको हेटौँडामा भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको अनुसार हेटौँडाको पशुपति मन्दिर दर्शन गर्ने नाममा आधा दर्जनको सङ्ख्यामा भारतीय प्रहरी हेटौँडा आएका थिए । उनीहरुलाई हेटौँडा–४ स्थित गेष्टहाउसबाट मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुको साथमा हातहतियार देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको र त्यही आधारमा उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुरका प्रहरी प्रमुख मुकेशकुमार सिंहले भारतीय प्रहरी पशुपति मन्दिरको दर्शन गर्न आएको र उनीहरुलाई भारत फर्काइएको बताउनुभयो । प्रहरी प्रमुख सिंहले भन्नुभयोे, “गुगल म्यापमा पशुपति मन्दिर सर्च गर्दा विहारबाट ५२ किलोमिटरको दूरी देखाएपछि उनीहरु हेटौँडा आएको र हेटौँडास्थित पशुपति मन्दिर दर्शनपछि उनीहरुलाई सामान्य सोधपुछ गरी फिर्ता पठाइयो ।”

कानूनी प्रावधानअनुसार भारतीय प्रहरी यसरी हात हतियारसहित नेपाल आउनु गैरकानूनी हो । त्यसो त विहारबाट हेटौँडासम्म अधिकांश स्थानमा प्रहरीको जाँच हुन्छ । उनीहरु कसरी हेटौँडासम्म हात हतियारसहित आए ? यो विषयमा चासोको विषय बनेको छ । उनीहरु सुराकी गर्न आएको पनि हुनसक्ने अनुमान स्थानीयवासीले गरेका छन् । रासस

प्रतिक्रिया