भारत मित्र होइन दुष्ट राष्ट्र हो : स्वागत नेपाल

मनिषा थापा

पिएनपखबर : स्वागत नेपालले भारतलाई छिमेकी राष्ट्र मित्र नभई शत्रु राष्ट्र भएको बताएका छन्। संवाद चौतारीमा मङ्गलबार आयोजित एक कार्यक्रममा बोल्दै उनले सिमाना जोडिएको सबै राष्ट्र छिमेकी नहुने बताएका हुन्।

उनले देशको सिमाना मिच्ने भारतको मनोबल बढाउने चलचित्रको समिक्षा, विज्ञापन र फिल्महरुलाई नेपालको हल र संचार माध्यममा चल्न तत्काल बन्द गर्ने आग्रह गरेका छन्। बारम्बार नेपालको सार्वभौमतामाथि दखल दिईरहेको भारतको गीत, चलचित्रहरुलाई बन्द गर्न अनुरोध गरेका छन्।

उनले भने, ‘उनीहरुको कुनै संचारमाध्यम र सिकिममा समेत् चलचित्र प्रसारण हुँदैन। अब भारतीय संचार माध्यमले नेपाली चलचित्र, कलाकारहरु बारे प्रसारण नभए तत्काल नेपाली संचार मध्यम देखि चलचित्र हल भित्र हिन्दी चलचित्र र कलाकारबारे प्रसारण गर्न बन्द गर्नुहोस।’

उनले नेपालमा आयात हुने भारतको हरेक सामाग्रीहरुलाई निषेध गरी नेपालमै उत्पादन गर्नुपर्ने उनको भनाई छ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू