भूकम्पका कारण इन्डोनेसियामा एकको मृत्यु, दश घाइते

admin

जाकार्ता, १२ असोज: इन्डोनेसियामा आएको भूकम्पम परी कम्तीमा एक जनाको मृत्यु भएको छ भने अरु दशभन्दा बढी घाइते भएका छन् ।  इन्डोनेसियाको जलवायु सम्वन्धी कार्यालयले सुनामी समेत आउने चेतावनी दिदै सतर्कता अप्नाउन आह्वान गरेको छ ।

अधिकारीहरूका अनुसार ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि मध्य सुलावेसी प्रदेश र देशको मध्य भागमा यस्तो चेतावनी दिइएको हो । “भूकम्पपछिको सुनामी आउने देखिएकाले सतर्क हुन आह्वान गरिएको हो,” जलवायु कार्यालयका प्रमुख सुकी डेवीले सिन्ह्वासँग फोनमा भन्नुभयो ।

इन्डोनेसियामा शुक्रबर दिउसो शक्तिशाली भूकम्प गएको हो । सुरुमा ७.७ म्याग्नीच्युडको भूकम्प पछि ७.४ म्याग्नीच्युडको भएको थियो । भूकम्प गएको १२ मिनेटपछि पराकम्प भएको थियो । पराकम्प पनि झण्डै ६.१ म्याग्निच्युडको थियो । त्यसैगरी मुख्य भूकम्प गएको तीन घण्टापछि ६.० म्याग्नीच्युडको पराकम्प भएको अधिकारीहरुले जनाएका छन् ।
-रासस÷सिन्ह्वा

प्रतिक्रिया