भूकम्पमा घाइते छोरा ३ वर्ष देखि अर्धचेत, छोरा उठ्ने आशामा बुबा, यो भिडियो हेरेर कसको मन नरोला र [भिडियोसहित]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। २०७२ सालको विनाशकारी भूकम्पमा परी नुवाकोटका कृष्ण हरी पुडासैनी गम्भीर घाइते भए। उनी देख्न सक्छन्, स्वाश फेर्छन् तर न बोल्न सक्छन् न चल्मलाउन नै। उनी एकटकले हेरीमात्र रहन्छन्। चिकित्सकका अनुसार उनी तिन वर्ष देखि अचेत अवस्थामा छन् अर्थात उनको स्वास्थ्य स्थिति स्थिर छ।

कृष्णहरी ट्रेकिंग गाइडको रुपमा काम गर्थे। सोहि क्रममा उनले पर्यटकलाई घुमाउन पर्यटकीय स्थल लग्दा अचानक भूकम्प गयो। उनि एक कुनामा बसिरहे। त्यहाँबाट निस्किन सकेनन्। उनलाई पहिरोको ढिस्कोले पुर्यो। केहि दिनको समय पछि उनलाई हेलिकप्टर मार्फत उद्दार गरिएको थियो। उद्दार गरेर उनलाई सधै अस्पताल लगियो। अहिले सम्म पनि उनी उपचाररत नै छन्।

तीन वर्षदेखि नै कृष्णहरीका बुबा छोराको कुरुवा भएर बसेका छन्। उनको मनमा पीडा छ, आँखामा आँशु। छोराको अर्धचेत अवस्थाले उनको मुटु भक्कानिन्छ। उनी आफुले आफुलाई सम्हाल्न नै सक्दैनन्। घरमा उनको श्रीमती, छोरा र बुहारी नि नातिनी छन्। उनको भनाई अनुसार उनीहरुलाई भेट्न देख्न नपाएको उनले ठ्याक्कै ३५ महिना भयो। सम्झना आएको बेला फोनमा कुराकानी गर्छन्।

सरकारले कृष्णहरीको परिवारलाई आवास निर्माणको लागि पहिलो किस्तास्वरुप ५० हजार रुपैयाँ दियो । तर उनले घर बनाएनन्, उक्त पैसा छोराको उपचारमा खर्चिए । भूकम्पको तीन वर्षपछि कृष्णहरीको उपचारका लागि स्वास्थ्य मन्त्रालयबाट ५० हजार रुपैयाँ निकासा भयो । उक्त रकम पनि उपचारमा नै सकियो । तर, न कृष्णहरीको स्वास्थ्यमा सुधार आयो, न घर नै बन्यो ।

भूकम्पका बेला कृष्णहरी पथ प्रदर्शकको काम गर्थे । कामको सिलसिलामा रसुवाको लाङटाङ पुगेका बेला भूकम्पमा परी उनी घाइते भएका हुन् । कृष्णहरी मात्रै होइनन्, बालुवाटारस्थित नेपाल हेल्थ इक्युपमेन्ट डेभलपमेन्ट फाउन्डेसन (एनएचइडिएफ)द्वारा सञ्चालित सोसियल मेडिकल सेन्टरको आश्रयमा यस्ता थुप्रै घाइते छन् ।

भूकम्पमा परी घाइते भएका मात्रै होइनन्, यो आश्रयस्थलमा सडक दुर्घटना, वैदेशिक रोजगारीका सिलसिलामा घाइते भएका, आगोमा जलेका र विभिन्न रोगका कारण अपांग भएका २० जना गम्भीर घाइतेले आश्रय लिइरहेका छन् । र, घाइतेलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ । उपचारका लागि सरकारी सहयोगका लागि फान्डेसले पहल गरे पनि सफल भएको छैन ।

भूकम्पको तीन वर्षसम्म पनि घाइतेको अवस्था जर्जर हुनुले राज्यस्तरको कमजोरीलाई प्रष्ट पार्छ । उपचारका लागि सरकारी सहयोग नपाएकोप्रति घाइते र आफन्तको दुखेसो छ। जर्जर दैनिकी विताइरहेका उनीहरुलाई सरकारी सहयोगको आश भने अझै मरेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू