भोलि होलिका दिन यसो गर्नुहोस शुभ फल प्राप्त हुन्छ

रिता घिसिंग

पिएनपिखबर : भोलि फागु पुर्णिमा हो। भोलिका दिन नेपालमा होलि खेल्ने गरिन्छ। होलीका दिन भगवान बिष्णुको पुजा गर्नु शुभ मानिन्छ। पुर्णिमाका दिन यसो गर्नुहोस शुभ फल प्राप्त हुन्छ।

पुर्णिमाका दिन सत्यनारायण भगवानको कथा सुनाउनुहोस् वा पढ्नुहोस्। भगवान विष्णुलाई हलुवाको भोजन लगाउनुहोस्।

पुर्णिमाका दिन बिहान चाडै उठेर स्नान गरेपछि तामाको लोटाले सुर्यलाई जल चढाउनुहोस्। यस दौरान ऊँ आदित्याय नम: मंत्रको जप गर्नुहोस। यसपछि पहेलो फल दान गर्नुहोस। जस्तै केरा, आँप इत्यादी।

पंचामृतले शिवजीको अभिषेक गर्नुहोस। काँचो दूध,घ्यु दहि, सख्खर र मह मिसाएर पंचामृत बनाउनुहोस र शिवलिंगमा चढाउनुहोस्। पंचामृत चढाउने समय ऊँ नम: शिवाय मंत्र जप गर्नुहोस।

कुनै गरीब व्यक्तिलाई नया कपडा र खानेकुरा दान गर्नुहोस्।

बुधवारको पूर्णिमा भएका कारण यस दिन भगवान गणपतिलाई दुबो चढाउनुहोस्। श्री गणेशाय नम: मंत्रको जप १०८ पटक गर्नुहोस।

कुनै मन्दिरमा जानुहोस र हनुमानजीको प्रतिमाको दर्शन गर्नुहोस। हनुमान चालीसाका पाठ गर्नुहोस। सम्भव भएसम्म कुनै गरिबलाई जुत्ता चप्पल दान गर्नुहोस।

प्रतिक्रिया