‘भ्यालेनटाईन डे’को दिन विवाह बन्धनमा बाधिदै वर्षा र संजोग, यस्तो छ निमन्त्रणा कार्ड

मनिषा थापा

अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइराला विवाह बन्धनमा बाँधिने भएका छन् ।

 

विगत केहि वर्षा यता प्रेममा रहेका वर्षा र संजोगले फेसबुकमा बिहेको निम्तोपत्र सार्वजनिक गर्दै आगामी फागुन २ गते प्रणय दिवसमा विहे गर्न लागेको जानकारी गराएका हुन्।

वर्षाले ‘नाई न भन्नु ल ३’ बाट नेपाली रजतपटमा डेब्यू गरेकी थिइन। हाल उनी अभिनित ‘चौका दाउ’ प्रदर्शनरत: छ।

त्यस्तै ‘उत्सव’बाट अभिनेताका रूपमा डेब्यू गरेका संजोग पछिल्लो समय व्यवसायमा संलग्न छन्। उनी पुराना निर्माता शेखर कोइरालाका छोरा हुन्।

प्रतिक्रिया