‘भ्यालेन्टाइन्स डे’को दिन सबै ‘सिंगल’हरुलाई सित्तैमा चिया खुवाउने यी युवकले गरे घोषणा…

मनिषा थापा

प्रेम सम्बन्धमा बाधिएका जोडीहरुका लागि विशेष दिन हो। तर भारतका अहमदाबादका सिंगलका लागि पनि यो दिन उत्तिकै विशेष हुने भएको छ ।

‘एमबीए चायवाला नाम’को चिसा पसलका संस्थापक प्रफुल बिलोरले ‘भ्यालेन्टाइन्स डे’को दिन सबै सिंगललाई निःशुल्क चिया खुवाउने घोषणा गरेका छन् । उनीहरुले फेसबुकमा एउटा पेज पनि बनाएका छन् जसको नाम राखिएको छ, ‘फ्रि चाय फर सिंगल्स ।’

उक्त फेसबुक पेजमा लेखिएको छ,  ‘यो भ्यालेन्टाइन्स डेमा, एमबीए चायले सबै सिंगलबारे सोचेको छ । निःशुल्क चिया, धेरै माया र प्रेरणा । आउनुहोस्, एमबीए ।’ यसबारे जानकारी दिँदै संस्थापक भन्छन्, ‘जोडीले मात्र सबै कुरामा मज्जा लिने भन्ने छ ? सिंगललाई पनि पुल्पुल्याउन आवश्यक छ । त्यसकारण यसवर्ष हामी सिंगलका लागि निःशुल्क चिया बाँड्दै छौं ।’ भ्यालेन्टाइन्स डेमा बिहान सात बजेदेखि बेलुकी १० बजेसम्म चिया बाँडिने उनले जानकारी दिए ।

 

प्रतिक्रिया