भ्यालेन्टाइन डे को अवसरमा आयो शानिन्ध्य खनाल र स्मिता दाहालको ”भुर्र भुर्र” [भिडियो]

शर्मिला गुरुङ

काठमाडौँ, २ फागुन : आज फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन डे संसारभर आजको दिनलाई सच्चा प्रेमको दिनको रुपमा मनाइन्छ। आजकै दिनलाई नै आधार मानेर पछिल्लो समय संसारभर धेरै साहित्य र संगीतको सिर्जना हुने गरेको छ । प्रणय दिवसको अवसरमा नेपालमा पनि धेरै गीतहरु सार्वजनिक भए यी गीतहरु मध्यको एक हो “यो मन उड्यो चरा बनी आकाशमा भुर्र भुर्र भुर्र भुर्र बतासमा’ ।

सशस्त्र प्रहरी बलका महानिरीक्षक एवम गीतकार शैलेन्द्र खनाल ‘शरद’को शब्द र संगीतकार गैरे सुरेशको कर्ण प्रिय संगीतमा रहेको गीतको म्युजिक भिडियो भ्यालेन्टाइन डे को पुर्व सन्ध्यामा सार्वजनिक गरिएको छ । शानिन्ध्य खनाल र स्मिता दाहालको सुमधुर स्वरमा रहेको गीत ”भुर्र भुर्र”मा कोविद बज्रको संगीत संयोजन रहेको छ।

यो गीतमा अन्य नेपाली लभ सङ्समा भन्दा बिल्कुलै फरक शैलीको प्रस्तुति गरिएको छ । युवराज वाइबाको निर्देशनमा बनेको ”भुर्र भुर्र’को म्युजिक भिडियोमा श्री पाण्डे र जितेन श्रेष्ठको अभिनय रहेको छ । उत्सव दाहालको सिनेमटोग्राफी र बिकाश दाहालको सम्पादन रहेको भिडियोलाई ओ एस आर डिजिटलको यु ट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गायक शानिन्ध्य खनाल सशस्त्र प्रहरी महानिरिक्षक शैलेन्द्र खनालका पुत्र हुन् भने गायिका स्मिता नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी हुन।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया