रवि लामिछानेलाई पनि ज्ञानेन्द्र शाहीलाई जस्तै फसाउन खोजियो : बालकृष्ण न्यौपाने

मनिषा थापा

पिएनपिखबर :  पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने पक्राउ परे लगत्तै उनका समर्थकहरुले देशभर नै रिहाईको माग गर्दै आन्दोलन गरिरहेका छन्। उक्त आन्दोलनमा ‘नेपालका लागि नेपाली’ अभियान पनि रविको समर्थन गर्दै  जोडिएको छ।

उक्त अभियानका अभियान्ता बालकृष्ण न्यौपानेले रवि लामिछानेको समर्थनमा किन नेपालका लागि नेपाली अभियान लाग्यो भन्ने विषयबारे एक कार्यक्रम आयोजना गरी स्पष्टिकरण दिएका छन्। रवि लामिछानेले भ्रष्टाचारको विरुद्ध कार्यक्रम चलाउँदै आएको र ‘नेपालका लागि नेपाली’ अभियानको उद्देश्य पनि भ्रष्टाचारको अन्त्य गर्ने कै लागि भएको कारण उनको समर्थन गर्दै आन्दोलनमा सहभागी भएको अभियान्ता बालकृष्ण न्यौपानेले बताए।

उनले भने, ‘भ्रष्टाचारको विरुद्ध जो बोल्छ उसलाई कुनै न कुनै मुद्दामा फसाईदिने खेल भयो। ज्ञानेन्द्र शाहीलाई जसरी सुर्खेतमा साइबरक्राइमको मुद्दामा फ़साइयो त्यसैगरी रवि लामिछानेलाई पनि फ़साइएको हामीलाई आशंका छ।’

बाँकी हेर्नुहोस भिडियोमा….

प्रतिक्रिया

सम्बन्धित समाचारहरू