मकै टिप्ने मेसिनमा खुट्टा फसेपछि आफ्नी ज्यान जोगाउन चक्कु निकालेर आफैले काटिदिए

रिता घिसिंग

पिएनपिखबर : अमेरिकाका नेब्रास्कका ६३ बर्षिय किसान कुर्ट केजरको खुट्टा अन्न काट्ने मेसिनमा फसेपछि उनले आफ्नो ज्यान बचाउन चक्कुले आफ्नै खुट्टा काटेका छन्।

केजर खेतमा मकै टिप्नको लागि गएका थिए। उनले ट्रकबाट मकै टिप्ने मेसिनलाई बाहिर ल्याए। सोहि क्रममा उनको खुट्टा मकै टिप्ने मेसिनमा फस्यो। मेसिनले उनको खुट्टालाई भित्र तान्दै थियो। उनले पहिला सोच्यो कि खुट्टालाई जान दिउ तर एक्कासी उनलाई झट्का लाग्यो। मेसिनले बिस्तारै उनको खुट्टा संगसंगै पुरै शरीर तानिरहेको थियो।त्यसपछि उनले खल्तीबाट चाकु निकालेर घुँडा देखि तलतिरको भाग काटी दिए।

खुट्टा काटेपछि उनि रगतै रगतले लत्पतिएर आफ्नो घर पुगे। घरमा छोरा एडम रहेछन। बुबाको यस्तो हाल देखेपछि उनलाई अस्पताल पुर्याए। केजर भन्छन ‘कतिपयले मलाई यस्तो हालतमा पनि कसरी शान्त बसेका छौ भनि सोध्छन। दुनियामा कति मानिस यस्ता पनि छन् जो हिड्डुल नै गर्न सक्दैनन्। तर म त केहि दिन पछि ठिक हुन्छु। ‘

प्रतिक्रिया