मधुमेह देखि टाउँको दुखेको र कब्जियतसम्म निको पार्ने लाभदायिक औषधी पानको पात !

मनिषा थापा

पानको पात खाँदा मुख्यतया मधुमेह, कब्जियत, टाउको दुखेको अनि खोकी लागेको रोग निको हुने विषय विज्ञले बताउँदै आएका छन् । प्राचीन समयमा खाना पचाउनको लागि ‘पानको पात’ चपाइने गरिन्थ्यो । तर समयसँगै यसको प्रयोग विधिमा परिवर्तन हुँदै आएको हो ।

पानमा क्याल्सियम र एण्टिअक्सिडेण्ट लगायत अन्य कैयौँ स्वास्थ्यवर्द्धक पदार्थहरू पाइन्छन्, जसले हाम्रो स्वास्थ्य समस्याहरूलाई समाधान गर्न मद्दत गर्दछ ।

जानिराखौँ पानको पात खाँदा स्वास्थ्यलाई हुने फाइदा

. पानको पातमा एण्टिअक्सिडेण्ट भरपूर मात्रामा पाइन्छ, त्यसैले दैनिक पानको सेवन गर्नाले उमेरको असर र छालाको समस्यालाई कम गर्दै लैजान्छ।

२. खाना खाइसकेको आधा घण्टापछि पान खानाले राल बनाउने ग्रन्थि (Salivary Gland) सक्रिय हुन्छ र खाना पचाउनमा मद्दत गर्दछ।

३. आधा भाग कागतीको रसमा पानको पातको रस मिसाएर पिउनाले कब्जियतको पीडाबाट तुरुन्तै छुट्कारा पाउन सकिन्छ।

४. पानको एण्टिब्याक्टेरियल गुणले गिँजाको दुखाईबाट राहत दिई दाँतमा लागेको कीरालाई समेत नष्ट गर्न मद्दत गर्दछ।

५. टाउको दुख्ने समस्याबाट पीडित हुनुहुन्छ भने पान चपाउने गर्नुहोस्। अथवा पानको पातलाई पिसेर त्यसको लेदो टाउकोमा लगाउनुहोस् र सुकिसकेपछि चिसो पानीले पखाल्नुहोस्। यसले टाउकोको दुखाईबाट राहत प्रदान गर्दछ।

. एक चम्चा महमा एक चम्चा पानको रस मिसाएर पिउनाले घाँटीमा जमेको कफलाई हटाउन मद्दत पुग्दछ।

७. पानको पातमा ल्वाङ्ग राखेर चपाउनाले खोकीको खसखसबाट आराम पाउन सकिन्छ।

८. शरीरको कुनै पनि भागको छालामा आएको मुसोको टुक्रामा पानको रस दैनिक लगाउनाले बिस्तारै त्यो मुसो हराउँदै जान्छ।

९. पानको पातमा एण्टि-डायबेटिक विशेषता हुन्छ, जसले रगतमा सुगरको मात्रा नियन्त्रण गर्न मद्दत गर्दछ।

प्रतिक्रिया