मध्यपुर मेयर कप फुटसल प्रतियोगिता शुरु

admin

भक्तपुर, १६ कात्तिक : मध्यपुरथिमि नगरपालिकामा आजदेखि मध्यपुर मेयर कप फुटसल प्रतियोगिता शुरु भएको छ । मध्यपुरथिमि नगरपालिकाका नौ वटा वडाका विभिन्न युवा तथा खेलकूद क्लब र समूहको सहभागिता रहेको प्रतियोगिताको आज नगर प्रमुख मदनसुन्दर श्रेष्ठले उद्घाटन गर्नुभयो ।

मध्यपुरथिमि नगरपालिकामा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी जन्माउने नगरपालिकाको योजना युवा वर्गले पूरा गर्ने बताउँदै खेलकूदको विकासमा नगरपालिकाले हरदम सहयोग गर्ने बताउनुभयो ।

नगरपालिकाभित्रका २३ टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने समूहलाई नगद रु ३० हजार, दोस्रो हुनेलाई रु १५ हजार र तेस्रो हुनेलाई रु १० हजार पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने भएको छ । प्रतियोगिता शनिबारसम्म जारी रहनेछ ।
-रासस

प्रतिक्रिया