मनिता देवकोटाको मिस युनिभर्सको यात्रा टप १० सम्म, फिलिपिन्सको क्याट्रिओनाले पहिरिइन् ताज..

मनिषा थापा

नेपालबाट प्रतिनिधित्व गरेकी मनिता देवकोटाको यात्रा टप १० मै सिमिति भएको छ। यसअघि एसिया तथा अफ्रिका क्षेत्रका उत्कृष्ट पाँच प्रतिस्पर्धीमा मनिता देवकोटा पर्न सफल भएकी थिइन् ।

त्यस्तै मिस युनिभर्स २०१८ फिलिपिन्सकी क्याट्रिओना ग्रेले बनेकी छिन् । थाइल्याण्डकको बैंककमा सोमबार भएको फाइनल प्रतिस्पर्धामा फिलिपिन्सकी २४ वर्षीया क्याट्रिओनाले मिस युनिभर्सको ताज पहिरिइन् ।

यसअघि एसिया तथा अफ्रिका क्षेत्रका उत्कृष्ट पाँच प्रतिस्पर्धीमा मनिता देवकोटा पर्न सफल भएकी थिइन् ।

मिस युनिभर्सको ताज जित्ने क्याट्रिओना फिलिपिन्सको चौथो सुन्दरी हुन् । यसअघि सन् २०१५, १९७३ र १९६९ मा पनि फिलिपिन्सकै सुन्दरीहरुले मिस युनिभर्सको ताज जितेका थिए ।

अमेरिका, युरोप र एसिया प्यासिफिक तथा अफ्रिका गरी तीन महादेशका उत्कृष्ट पाँच छनौट गरी १५ जना र पाँचजना वाइल्ड कार्डमार्फत् गरी टप २० छनौट गरिएको थियो ।

प्रतिक्रिया