मन्त्रीले सचिवलाई गाइ-गोरु कुटेजसरी कुट्न पाइन्छ ? : ज्ञानेन्द्र शाही

मनिषा थापा

पिएनपिखबर : युवा तथा अर्थ विश्लेषक ज्ञानेन्द्र शाही नेपालको अर्थतन्त्र, सरकारको गतिविधि, भ्रष्टाचारविरुद्ध सधै आफ्ना धारणाहरु मिडिया र अभियानमार्फत व्यक्त गर्दै आइरहेका छन्। उनका विचारहरुलाई समर्थन गर्ने पनि कयौ छन्।

बुटवलमा पौष २७ गते पृथ्वीको जयन्तिको अबसर पारेर आयोजना गरिएको कार्यक्रममा उनी
उनी सरिक हुन् गएका थिए। उक्त कार्यक्रम भव्य रुपमा सपन्न भयेको उनले जनाए। यसै बीच उनले पृथ्वी जयन्तिमा आङकाजी शेर्पाले गर्दै आएका विरोधप्रति कडा आलोचना गरेका छन्। उनले आङकाजीलाई राष्ट्रको कुपुत्र भनेका छन्।

आङकाजी शेर्पाले हरेक वर्ष झैँ यसपाली पनि पृथ्वीनारायणलाई थुक्ने कार्यक्रम राखेका थिए। शाहीले भने, ‘राष्ट्रपीतालाई थुक्ने व्यक्तिले घरमा आफ्नो आमालाई पनि थुक्न सक्छ।’ उनले थपे, ‘टुक्रा-टुक्रा रहेको राज्यलाई एकीकरण गरेर नेपाल भन्ने चिनारी पृथ्वीनारायण शाहाले दिनुभयो। त्यही देशको नागरिक भएर इतिहास लेख्ने व्यक्तिको मुर्ति फुटाउने र थुक्ने आङकाजीले आफ्नो आमालाई पनि मान्छन कि मान्दैनन् सोध्नु मलाई मन छ।’ आङकाजी आतंककारीभन्दा पनि खतरनाक रहेको उनको आरोप छ।

लोकतन्त्र अहिले बजारतन्त्र भएका कारण राजसंस्था आउनु पर्ने उनको भनाई छ। पछिल्लो समय प्रदेश न दुईका मन्त्रीले सचिबलाई कुटेको घटना सार्वजनिक भएको थियो। यस बारे टिप्पणी गर्दै उनले भने, ”यस्तो निच काम गर्ने व्यक्ति कसरी मन्त्री भए ? राजालेसम्म यसरी कसैलाई कुटेका छैनन्। सचिवजस्तो जिम्मेवार पद लिएर बसेका व्यक्तिलाई एक मन्त्रीले कुट्न पाइन्छ ? यस्ता मानिस जनप्रतिनिधि भएपछि देश बन्न सक्दैन।”

हेर्नुहोस भिडियो :

प्रतिक्रिया