मन्त्री उपेन्द्र यादवले टेलिभिजनको पर्दामा जनतासँग झुठ बोल्नुभयो : बालकृष्ण न्यौपाने (भिडियो)

मनिषा थापा

पिएनपिखबर : टेलिभजन पत्रकार सुशील पाण्डेमाथि अबैध व्यवहार भएको भन्दै नेपालका लागि नेपाली अभियानको समितिले प्रेस विज्ञप्ति निकालेको छ। देशको भ्रष्टचारको विषयमा संचारमाध्यममा प्रश्न सोद्धा उपप्रधान मन्त्री उपेन्द्र यादबले गरिएको अभद्र व्यवहार र पत्रकार सुशील पाण्डेलाई ज्यान मार्ने धम्कि दिनु  प्रहार भएको विज्ञप्तिमा जारी छ।

सोमबार दिउँसो वीरगञ्जस्थित एभिन्यूज टेलिभिजनको क्षेत्रीय कार्यालयमा समाजवादी पार्टीका कार्यकर्ताले तोडफोड समेत् गरेको छ। यस घटनाले सरकार भ्रष्टचारमा डुबेको र जनतालाई उत्तर दिन नसक्ने प्रमाणित हुनुको साथै सत्तामा बसेर राज्यशक्तिको आडमा प्रेसमाथि बन्देज लगाउन विधयेक पेस गर्ने र आतंकित तुलाउने कार्यले राज्य शक्ति श्रम अधिनयाकवादमा लागेको उक्त विज्ञप्तिमा उल्लेखित छ।

सुशील पाण्डेमाथि भएको व्यवहारको विरोध गर्दै र विरगंजको अभिन्युजमाथि भएको तोडफोड क्षतिपूर्ति माग साहित् आउँदो जेठ ४ गते कार्यक्रम रहेकोले सम्पूर्ण पत्रकार तथा नागरिकलाई प्रेस विज्ञप्तिमार्फत राजनीतिज्ञ ज्ञानेन्द्र शाहीले निमन्त्रणा दिएका छन् । पत्रकार सुशील पाण्डेले मिडिया हाउसबाट बाहिर निक्लन समेत् नसक्ने अवस्था सृजना भएको शाहीले जनाए। उनीमाथि ज्यान मार्ने धम्कि आएको स्वयम पाण्डेले नै बताएको शाहीको भनाई छ।

यस विषयमा बोल्दै नेपालका लागि नेपाली अभियानमा लागेका बाल कृष्ण न्यौपानेले भने, ‘पत्रकारमाथि भएको दुर्व्यवहार र सरकारले विधेयक निकालेर पत्रकारको घाँटी निमोठ्ने काम भएकोले सरकार निरङ्कुशतर्फ लागेको देखिन्छ। मन्त्री यादवले टेलिभिजनले लिएको अन्तर्वार्ता कार्यक्रममार्फत जनतासँग झुट बोलेको बाल कृष्ण न्यौपानेको आरोप छ। उनले थपे, ”पत्रकारले सोधेको वाइडबड्डी काण्डका भ्रष्टचारीमाथि किन कारबाही भएन भन्दा कारवाही हुँदैछ भनेर यादबजीले झुट बोल्नु भयो। झुटो सुचना दिएको र उत्तर नदिई माइक फ्याकेर निस्कनु भनेको जनतालाई सुसुचित हुने अधिकार खोसिएको अप्रजान्त्रिक काम हो।”

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू