मन्थलीमा तारा एयरकाे विमान धावनमार्गमा चिप्लियो

रिता घिसिंग

काठमाडौँ : रामेछापकाे मन्थली विमानस्थलमा तारा एयरकाे विमान दुर्घटना भएकाे छ। लुक्लाबाट आएको विमान रामेछापमा अवतरणको क्रममा दुर्घटना भएको हो । तारा एयरको नाइन एन एकेके कल साइन भएको डोर्नियर विमान सोमबार बिहान हाइड्रलेलिक पाइप फुटेर रनवेबाट चिप्लिएको हाे ।

उक्त दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । तत्कालका लागि रामेछाप विमानस्थल बन्द गरिएको छ । दुर्घटना भएको बिमान नहटाएसम्म उडान सुचारु नहुने बताइएको छ ।

जहाज हटाउन र त्यसको प्राविधिक परीक्षणका लागि नागरिक उड्डयन प्राधिकरण केन्द्रीय कार्यालयबाट मन्थली गइसकेको छ। उक्त टोलीले जहाजको परीक्षण र हटाउने काम गरेपछि मात्र विमानस्थल खुल्नेछ।
प्रकाशित मिति: सोमबार, ९ बैशाख २०७६

प्रतिक्रिया