मलेसियामा अन्तराष्ट्रिय फेसन विकमा नेपाली मोडेल

मनिषा थापा

काठमाडौँ: मलेसियाको इपो शहरमा ‘इन्टरनेसनल इपो फेसन विक सिजन ३’ सम्पन्न भएको छ । ३ दिनसम्म लगातार चलेको कार्यक्रममा नेपाल सहित चीन, भारत, मलेसिया, इन्डोनेसिया, जापान लगायत सिंगापुरका गरि ४६ मोडेलहरु सहभागी भएका थिए।

नेपालबाट दुई डिजाइनर ज्वाला पोख्रेल र जय थापाले आफ्नो डिजाइन प्रस्तुत गरेका थिए भने नेपाली मोडेलहरुमा २ महिला र ५ पुरुष मोडेल सहभागी भएका थिए । सहभागी हुनेमा ज्योति थापा, हेमा हमाल, पोषण शर्मा, अनिल अधिकारि, बाबु सागर गिरि, शेराप ग्याल्सेन शेर्पा र प्रकाश अधिकारि थिए।

 

प्रतिक्रिया