मलेसिया एक नेपालीको दुखद निधन, शव झिकाउन सहयोगको अपिल

मनिषा थापा

एजेन्सी : मलेसिया कार्यरत एक नेपालीको निधन भएको छ । लामो समय देखि मलेसियामा अवैधानिक रुपमा काम गर्दै आएका भोजपुर जिल्ला राम प्रसाद गाउपलिका ७ का गोरिमान बघलकोती अर्पनको निधन भएको हो ।

उनलाई अचानक स्वास्थ्यमा समस्या परी छटपटाउन थालेपछि हस्पिटल लागिएको थियो । हस्पिटलमा लगेपछि उनको निधन भएको हो । डाक्टरका अनुसार उनको दुवै मिर्गौला फेल भई निधन भएको जनाएको छ ।

आफ्नो दैनिकी डिउटी सकेर कोठामा फर्केपछि अचानक नाक र मुखबाट रगत बग्न थालेपछि उनको उपचारकै क्रममा हस्पिटलमा निधन भएको बिज्ञप्ति सयपत्री युबा क्लबले निकालेको छ ।

विज्ञप्तिमा अघि भेनिएको छ – ‘उनी अविधानिक भएको कारणले हामीले घटनाको बारेमा नेपाली राजदूतावास खबर गरेका छौ ।’

विज्ञप्तिमा अघि भनेको छ – ‘यो दुखद घडीमा उनको पार्थिव शरीर नेपाल पठाउन आर्थिक समस्या आइपरेको कारण विभिन्न संघसंस्थाहरुलाई सूचना गर्दै सहयोगको लागि अनुरोध गरेको छ ।’ उनको पार्थिव शरीरलाइ नेपाल पठाउन हस्पिटलले करिव १५ हजार मलेसियन रिङेटको माग गरेका कारण उक्त पैसा संकलन गर्न क्लबले अनुरोध गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू