मल्टिमिडिया अवार्ड नेपाललार्इ, हर्षका आशुले श्रृङ्खलाका आँखा सुनिए (भिडियो)

मनिषा थापा

मिस वर्ल्ड २०१८ मा प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड जित्दै अन्तिम ३०मा आफ्नो स्थान सुरक्षित बनाउन सफल भएकी छिन् ।

मल्टिमिडिया अवार्डका लागि नेपालसहित केन्या, चीन, पोर्टो रिको र बेलायत सान्या टुरिजम Iभिडियो च्यालेञ्जको उत्कृष्ट ५ मा परेका थिए । त्यसमध्ये ओभरअल मल्टिमिडिया फाइनालिस्टमा नेपाल, मेक्सिको र केन्याले स्थान बनाए ।

मल्टिमिडिया अवार्डका विजेता एउटा मात्र हुने भएकाले यी तीन फाइनालिस्टमध्ये केन्या र मेक्सिकोलाई पछि पार्दै नेपालकी श्रृंखलाले मल्टिमिडिया अवार्ड हात पार्न सफल भएकी हुन् । यससँगै श्रृंखला आधिकारिक रुपमा मिस वल्ड २०१८ को अन्तिम ३० मा पुग्न सफल भएकी छिन् ।

त्यहाँं उपस्थित धेरैलाई श्रृंखलाले आफ्नो प्रभाव छोड्न सफल भएकी छिन। उनले इभेन्टमा उपस्थित विभिन्न देशका सुन्दरीहरुलाई नेपाली भाषा बोल्न सिकाउने, नेपाली गीत गाउन लगाउने जस्ता कार्यहरु पनि गर्न भ्याएकी छिन् ।

सबैलाई आफूप्रति आकर्षित गर्न सफल भएकी श्रृंखलाले नेपालको संस्कृति झल्किने विभिन्न प्रस्तुति दिइरहेकी छिन् । हालसम्मको अवस्थालाई हेर्ने हो भने उनी २२० देशका सुन्दरीहरुलाई पछि पार्दै भोटिङमा एक नम्बरमा रहेकी छिन् । नेपालि चेलीको मिस वल्ड यात्रा सुखद बन्दै छ भने यो कुरा सम्पूर्ण नेपालीको लागि गर्वको कुरा भएको छ । नेपालिहरु पनि हरेक कुरामा अगाडी छन भन्ने यो उदाहरण बनेको छ। उनले जितेपछि आफ्नो खुसी भिडियोमार्फत पोखेकी छिन्। उनी भन्छिन, ‘रुँदारुँदा आँखा सुनिए।’ हेर्नुहोस भिडियो :

 

प्रतिक्रिया