महंगा ट्रिटमेन्ट किन्नु साटो हाम्रो भान्छामा रहेका यी सौन्दर्यका खजानाको सदुपयोग गर्नुहोस

मनिषा थापा

जमना व्यक्तित्वको छ । आकर्षक व्यक्तित्वको यहाँ खास मूल्य छ । त्यसैले झट्ट हेर्दा आकर्षक, सफाचट, चम्किलो देखिनैपर्‍यो । तर, यसका लागि कस्मेटिक्स ट्रिटमेन्ट एकमात्र विकल्प होइन । साथसाथै के पनि होइन भने, यसरी प्राप्त गरिने सौन्दर्य दीगो र प्राकृतिक पनि होइन । यी सबै विधी कृतिम तौर-तरिका हुन् ।

खासमा हामीले आफ्नो सौन्दर्य प्राकृतिक विधीबाटै खोज्न सकिन्छ । त्यसका लागि अनेकन काइदा छन् । जस्तो तपाई पेट एवं पाचन क्रियालाई स्वस्थ्य राख्न सक्नुहुन्छ । किनभने अनुहार चाहुरिनु, दागधब्बा देखिनु, चाया पोतो आउनुमा पेट नै मूल कारक हो । जब पेट सफा, बलियो हुन्छ, अनुहारमा छुटै आभा प्रकट हुन्छ ।

ताजा फलफूल खानुपर्छ, मांशपेसीलाई तन्दुरुस्त राख्ने किमिसको व्यायाम गर्नुपर्छ, प्रफुल्ल मुद्रा कायम गर्नुपर्छ, अनुहार चम्किलो देखिन्छ । मुलायाम र सफा देखिन्छ ।

त्यसबाहेक अरु थुप्रै घरेलु विधी छ । अँ त, पार्लर वा बजारमा होइन, तपाई/हाम्रो भान्सामा पो छ त सौन्दर्यको खजना । प्रयोग गर्न जान्नुपर्छ, भान्सामा उपलब्ध सामाग्रीबाटै अनुहारको सौन्दर्य फर्काउन सकिन्छ । 

आउनुहोस् जानीराखौं कुन कुन चीजको प्रयोगले तपाईं आफ्नो सुन्दरतालाई अझै निखार्न सक्नुहुन्छ ?

१. गोलभेडा

एन्टीअक्सिडेन्टले भरपुर हुने कारण गोलभेडाले ब्लिच कि्रमको जस्तै काम गर्न सक्छ । यसको पेस्ट बनाएर १५ मिनेटसम्म अनुहारमा लगाउनुहोस् । त्यसपछि मनतातो पानीले सफा गर्नुहोस् । दैनिक यस्तो गर्नाले तपाईंंको अनुहारबाट दागधब्बा गायब हुन्छ ।

२. दूधमलाइ

दूधमलाइ र बेसारलाई मिसाएर ५-१० मिनेटसम्मा अनुहारमा लगाउनुहोस् र फेरि पानीले यसलाई सफा गर्नुहोस् । यसले तपाईलाई निखि्रएको र बेदाग छाला मिल्छ ।

३. गाँजर

गाँजरलाई सनाना टुक्रामा काटेर वा कोरेसोमा कोरेर पानीमा उमाल्नुहोस् । त्यसपछि यसलाई पिसेर अनुहारमा लगाउनुहोस् । १० मिनेट पछि पानीले यसलाई सफा गर्नुहोस् । दैनिक यसरी गाँजरको पेस्ट लगाउनाले अनुहारको चाँया, पोतो, डन्डीफोर, दागधब्बा जस्ता समस्याहरुबाट राहत पाउन सकिन्छ ।

४. सुन्तलाको बोक्रा

सुन्तलाको बोक्रालाई सुकाएर पिस्नुहोस् र फेरि यसमा ग्लिसरिन मिसाएर अनुहारमा मसाज गर्नुहोस् । अब यसलाई १० मिनेटको लागि यस्तै छोडिदिनुहोस् । केही दिन सम्म यस्तो गर्नाले छालाको रुखोपना टाढा हुन्छ र अनुहार मुलायम र चम्किलो हुन्छ ।

५. आलु

आँखाको डार्क सर्कल वा डण्डीफोरको दागबाट छुटकारा पाउनको लागि आलुको बोक्रालाई त्यस हिस्सामा लगाउनुहोस् । आलु एक किसिमको प्राकृतिक ब्लिच हो जसले छालाको समस्यालाई समाधान गर्नुको साथसाथै अनुहारमा चमक पनि ल्याँउछ ।

६. बेसन

बेसन, बेसार र दही मिसाएर गर्धन र शरीरमा मसाज गर्नुहोस् र फेरि यसलाई सुक्न दिनुहोस् । १४-२० मिनेटसम्म लगाएर त्यसपछि नुहाउनुहोस् । सातामा एक पटक यस्तो गर्नाले गर्धनको कालोपना हराउँछ ।

७. मह र कागती

एक चम्चा महमा कागतीको रस मिसाएर अनुहारमा मालिस गर्नुहोस् फेरि मनतातो पानीले सफा गर्नुहोस् । दैनिक यसो गर्नाले तपाईंको अनुहारको रुखोपना हट्छ र छाला मुलायम हुन्छ ।

८. दूध र गुलावजल

छालालाई स्वस्थ र चमकदार बनाउनको लागि कागतीको रसमा दूध र गुलाबजल मिसाएर दैनिक अनुहारमा लगाउनुहोस् ।

९. दही

दैनिक २ चम्चा दही, २ वटा अण्डा र एउटा कागतीको र ५ थोपा मह मिसाएर प्याक बनाउनुहोस् अब यसलाई कपालमा लगाएर १० मिनेटसम्म छोडिदिनुहोस् । फेरि स्याम्पुले कपाललाई धुनुहोस् । यसले कपाल झर्ने समस्या टाढा हुन्छ र कपाल सिल्की हुन्छ ।

१०. पाकेको मेवा

पाकेको मेवाको बोक्रा उतारेर त्यसको गुदि अनुहारमा लगाउनुहोस् । यसले छालामा निखार आउँछ ।

११. चिनी

चिनीको थोरै मात्रामा जैतुनको तेल मिसाएर अनुहारमा लगाउनुहोस् र हल्का हातले कोतर्नुहोस् । यो यस्तो एक प्राकृतिक स्क्रब हो जसले छालाको डेड स्किन निकाल्न मद्धत गर्छ ।

१२. प्याजको रस

प्याजको रस लगाएर पनि तपाईंले आफ्नो अनुहारलाई चम्किलो र मुलायम बनाउन सक्नुहुन्छ ।

प्रतिक्रिया