महिलालाई करणी गर्ने पक्राउ

राष्ट्रिय समाचार समिति

धनगढी, ५ भदौ: कैलालीको गौरीगङ्गा नगरपालिकाका मिलन देवललाई घरको झ्यालबाट भित्र पसेर एक महिलालाई करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । महिला घरको कोठामा एक्लै भएको मौका छोपी बुधबार बिहान ३ बजेको समयमा कच्ची घरको झ्यालबाट भित्र पसेर महिलामाथि जबर्जस्ती करणी गरेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले निज देवललाई आज पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता दक्षकुमार बस्नेतले बताउनुभयो ।

यसैबीच कैलालीको घोडाघोडी नगरपालिकाको एक होटेल नजिकबाट गएको साउनमा चोरी भएको से ४ प १९६को मोटरसाइकलसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको खैराना पुल सडक खण्डबाट चोरी भएको मोटरसाइकलसहित गौरीगङ्गा नगरपालिकाका राजकुमार चौधरी, गोदावरी नगरपालिकाका विवेक चौधरी र बाबुराम चौधरीलाई पक्राउ गरिएको हो । चोरी भएको उक्त मोटरसाइकल गोदावरी नगरपालिकाका हरिदत्त भट्टको रहेको बुझिएको छ ।

प्रतिक्रिया