महिलाहरुले राति भुलेर पनि नगर्नुहोस यी ३ काम

रिता घिसिंग

एजेन्सी : हाम्रो समाजमा महिलालाई घरको लक्ष्मी मानिन्छ । महिला जसको घर जान्छिन् त्यस घरको परिवारको भाग्य र सफलता उनीसँग जोडिएको मानिन्छ तर ज्योतिष शास्त्रका अनुसार केही यस्ता कामहरु हुन्छन् जसलाई महिलाहरुले राति गर्नुहुँदैन । यसका कारण उनीहरुको समेत भाग्य फेरिने गर्छ ।

१. सुर्यास्तपछि महिलाहरु कसैको घरमा पनि दुध, दही, नुन, तेल र प्याज लिन जानु हुँदैन । यसो गर्नाले उनीहरुको जीवनमा बाधाहरु आउने गर्छन् र धेरै कष्टको सामना गर्नुपर्ने हुन्छ ।

२.ज्योतिष शास्त्रका अनुसार महिलाहरुले सुत्नु अघि कपाल नुहाउनुहुँदैन । यस्तो गर्नु हानिकारक हुन्छ ।

३. महिलाहरुले रातमा झुठा भाँडाहरु भान्छामा राख्नुहुँदैन । यसो गर्नाले लक्ष्मीको बास घरमा हुन्छ भने वैभव, सम्पन्नता घरमा आउँछ ।

यी काम गरेमा फाइदा हुनेछ
ज्योतिष शास्त्रका अनुसार घरकी महिलाले हप्तामा एकपटक घरमा रहेका सबै कोठामा कालो नुन पेपरमा बेरेर राख्नु पर्छ । यस पश्चात बिहान उठेपछि कसैसँग नबोली कागजमा राखिएको नुनलाई बाहिर फाल्नुपर्छ । यसले घरमा उत्पननभएका नकारात्मक उर्जा बाहिर निकाल्न मदत गर्छ ।

रातमा सुत्नुअघि घरभित्र रहेको कुच्चो दक्षिण पश्चिम दिशामा लुकाएर राख्नुपर्छ । यसले धन लाभ गर्छ ।
रातमा सुत्नुअघि भान्छामा एक बाल्टी पानी भरेर राख्नुहोस् । यसले घरमा सुख–समृद्धिको बास गराउँछ । खाली बाल्टी राख्नुले घरमा चिन्ता भर्ने काम गर्छ ।

प्रतिक्रिया