माइक्रोबसको ठक्करबाट बालिकाको मृत्यु

admin

काठमाडौँ, २० मङ्सिर :काठमाडौँ महानगरपालिका–२६ सरकारीधारामा माइक्रोबसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । सामाखुशीको सडकमा आज बा१ज ८४५९ नं को माइक्रोबसको ठक्करबाट झापा केचना गाउँपालिका–३ का तीन वर्षीया जिया यादवको मृत्यु भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता जितेश दाहालका अनुसार गम्भीर घाइते यादवको उपचारका क्रममा कान्ति बाल अस्पताल, महाराजगञ्जमा मृत्यु भएको हो । चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।
-रासस

प्रतिक्रिया