माग्ने बुढाले व्यङ्ग गर्दै भने, ‘कृपया मलाई जानकारी नै नदिई घरभाडा रकम हाल्दिने, हेलिकप्टर किन्दिने महॅगा कार दिने काम नगर्नुहोला’

मनिषा थापा

नेपालका हाँस्य कलाकारहरुले आफ्नो कलामार्फत दर्शकलाई हसाउने मात्र होइन सामाजिक सञ्जालमार्फत राजनीतिक ब्यङ्ग समेत गर्न गर्दछन। यस्तो व्यंग गर्नेमा माग्ने बुढा अर्थात् केदार घिमिरे निकै अघि छन उनले जे बोले पनि सामाजिकसंजालमा भाईरल हुने गर्छ।

उनले दशैंको समयमा राष्ट्रपति विद्यादेवि भण्डारीकहाँ टिका थाप्नेहरुलाई भुईमा बसाएको र उठेरै टिका थापेको विषयमा ब्यङ्ग गरेका थिए जुन निकै चर्चामा रहयो र उनको व्यङ्गलाई सबैको समर्थन पनि मिल्यो। अहिले फेरी उनले अर्को ब्यङ्ग गर्दै सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले काठमाडौँमा घर भएर पनि संसदबाट डेराभाडाबापतको पैसा लिने सांसदहरु र सांसदलाई थाहै नदिइ रकम खातामा हाल्दिने संसद सचिवालयमाथि कडा व्यंग्य गरेका छन्। सत्तारुढ दल देखि प्रतिपक्षी दलसम्माका काठमाडौँमा घर भएका सांसदहरुले डेराभाडा बापतको शूल्क बुझेको समाचार सार्वजनिक भए पछि सर्वसाधारणले समेत निकै विरोध गरे ।

सामाजिक सञ्जालमा पनि विरोध भएपछि केही सांसदले घरभाडा बापतको रकम फिर्ता गरिसकेको र कसैले आफ्नो खातामा घर भाडा बापतको रकम जम्मा भएको थाहा नपाएको भन्दै प्रतिकृया दिए ।

नेकपाका नेता योगेश भट्टराईले संसद सचिवालयले फाराम भराउँदा आफुले काठमाडौंमा घर भएको उल्लेख गरेका कारण घरभाडा बापतको रकम आफ्नो खातामा जम्मा भएको थाहा नपाएको प्रतिकृया सहित विज्ञप्ती जारी गरे । त्यही क्रममा घिमिरेले पनि त्यसको व्यंग्यात्मक आलोचना गरेका छन्।

उनले नेताहरुलाई ब्यग्य गर्दै लेखेका छन्, ‘कृपया मलाई जानकारी नै नदिई मेरो खातामा घरभाडा रकम हाल्दिने, हेलिकोप्टर किन्दिने तथा महॅगा कारहरु दिने काम नगर्नुहोला’ ,घिमिरेले फेसबुकमा लेखेका छन्, ‘थाहै नदिई बच्चाको स्कुल फि तिर्दिने, घरमा रंग लाईदिने, ब्याङ्कको ॠण तिर्दिने, बिजुलीको बिल तिर्दिने गर्न थाल्नुभयो भने त म त रिसाउँछु नि।’

नेता भट्टराईले आफूले घरभाडाबापत लिएको रकम फिर्ता गर्ने समेत बताएका छन्। यस विषयमा अन्य सांसद भने मौन छन्। श्रीमानसँग मन्त्री क्वाटरमा बसेर डेराभाडा बुझेको भन्दै पूर्वसभामुख ओनसरी घर्ती, पूर्वमन्त्री सत्य पहाडीको पनि चर्को आलोचना भइरहेको छ।

प्रतिक्रिया