माघे सङ्क्रान्तिको दिन हनुमानजीलाई प्रसन्‍न पार्नको लागि गर्नुहोस यी चीजको दान !

मनिषा थापा

पिएनपिखबर : मकर सङ्क्रान्ति हिन्दु धर्मको लागि निकै नै पवित्र पर्व मानिन्छ। यस दिन दान पुण्‍यबाट आफ्नो कुण्डलीमा रहेको ग्रहलाई मजबुत गर्न सकिन्छ। जान्नुहोस ग्रह शान्तिको लागि मकर संक्रांतिमा गर्नुपर्ने उपाय बारे :

मकर सङ्क्रान्ति पर्वको महिमाको वरण निकै नै गरिन्छ। यस दिन स्नान र दान मात्रै गर्नाले पुण्य कमाउन सकिन्छ। नदिहरुको घाटमा यस दिन स्नान गर्ने मानिसको भिड नै लाग्ने गर्छ। त्यसबाहेक मकर संक्रांतिमा दान गर्नाले फलदायी हुने विश्वाश रहेको छ। यसबाट ग्रहको अशुभ प्रभाव हट्छ र तपाईको लागि सफलताका मार्गहरु खुल्नेछन।

यहाँ जान्नुहोस मकर संक्रान्तिमा ग्रह बलियो बनाउन के के दान गर्नु पर्दछ। यस दिन गरीब व्‍यक्‍त‍ि र पुजारीको हातमा दिनुपर्दछ। मंगल ग्रहलाई मजबूत गर्नको लागि मुसुरोको दाल, रातो कपडा, गहुँ, सुन, तामा, रातो अबिर, मूंगा, शखर, सेल आदि दानमा दिने गरिन्छ। हनुमान जीलाई प्रसन्‍न पार्नको लागि यी वस्तु दिन शुभ रहन्छ। 

बुध ग्रहसंग जोडिएको यी चीज हुन् – सुन, हरियो पहिरन, पन्ना, कस्तूरी, हरियो घाँस, हरियो सब्जि आद‍ि। मकर संक्रांतिमा यी वस्तु दान गर्दा भाग्य खुल्न सक्छ।  हरियो रंगको चुरा र कपडा किन्नरलाई दान गर्नु पनि शुभ मानिन्छ। 

बृहस्पति ग्रहलाई बलियो बनाउनको लागि पहेलो मिठाई, चीनी, केरा, बेसार, पहेलो धान, पहेलो कपड़ा, नुन, सुन, चनाको दाल, केशरी र शेखर दान गर्नाले ग्रह मजबुत हुनेछ।

प्रतिक्रिया