मादक पदार्थ सेवन गरी विमान चलाउने चालकको अनुमतीपत्र रद्ध

admin

नयाँदिल्ली, २६ कात्तिक : विमान चलाउने बेलामा मादक पदार्थ सेवन गरेको भेटिएपछि भारतका एक जना अनुभवी विमान चालकको अनुमतीपत्र रद्ध गरिएको छ । विमान चलाउनु अगाडी श्वास परिक्षण गर्दा मादक पदार्थ सेवन गरेको पुष्टि भएपछि उहाँको अनुमतीपत्र केही समयका लागि सोमबार रद्ध गरिएको अधिकारीहरुले जनाएका छन् ।

एयर इन्डियाको विमान उडाएर लण्डन लैजान लागेको बेला वरिष्ठ चालक अरबिन्द काथपालियाले मादक पदार्थ सेवन गरेको पाइएको अधिकारीहरुको भनाई छ ।
“श्वास परिक्षण गर्दा उहाँले मादक पदार्थ सेवन गरेको पाइयो, त्यसैले नियम अनुसार उहाँको चालक अनुमतीपत्र तत्कालदेखि लागुहुनेगरी तीन बर्षका लागि रद्ध गर्ने निर्णय भएको छ,” एक उच्च अधिकारीले बताए ।

विमान चालक काथपालियाको अनुमतीपत्र यसअघि पनि सन् २०१७ मा तीन महिना रद्ध गरिएको थियो । विमान चालक र चालक दलका सदस्यहरुलाई कम्तीमा पनि १२ घण्टा भन्दा अगाडी मादक पदार्थ सेवन गर्न निषेध गरिएको छ । विगत चार बर्षमा भारतका विभिन्न विमान सेवा प्रदायक कम्पनीका १५० भन्दा बढी विमान चालकहरु श्वास परीक्षणमा विफल भएपछि उनीहरूमाथि फरक फरक सजाय गरिएको छ ।
-रासस÷एएफपी

प्रतिक्रिया