मानवता अझै जिवितै रहेछ…..सबै नेपालीको मन रुवाउने तस्विर !

शर्मिला गुरुङ

शर्मिला गुरुङ/पिएनपिखबर, भक्तपुर : २०७६ साल वैशाख १६ गतेको दिन सरिता दुलाल (दाहाल) हत्या प्रकरणको रिपोर्टिङ गर्न उहाँको गाउँ सिन्धुपाल्चोकको सिपाघाट गएका थियौँ । काम सकेर फर्किन लाग्दा घडीमा साँझको सवा पाँच बजिसकेको थियो। सिपाघाटदेखि हामी काठमाडौँ आइपुग्नु पर्ने त्यस माथि पनि साँझ परिसकेकोले हामी हतारमा थियौँ ।

हामी अब जान्छौँ भनेर मृतक सरिताका छिमेकीहरुसँग बिदा माग्दै गर्दा छिमेकीहरु दुई हात जोडेर जसरी पनि सरिताको हत्यारालाई उम्किन नदिनु भन्दै अनुनय-विनय गरिरहेका थिए । तर दोषीलाई कारबाही गर्ने कानुन मिडियाको हातमा छैन, मिडिया भनेको सत्य तथ्य समाचारलाई बाहिर ल्याएर दोषीलाई सजाय होस् र पिडितले न्याय पाउन भन्ने उद्देश्यले पहल गर्ने एक माध्यम मात्र हो भन्ने उहाँहरुलाई सायदै थाहाँ थियो । उहाँहरुको आशामा तुषारा पात नहोस भन्ने हाम्रो पनि चाहना हो। त्यसैले सकेसम्म हामी मृतकलाई न्याय दिलाउन पहल गर्नेछौ भन्ने आश्वाशन दिँदै हामी त्यहाँबाट बिदा भयौँ ।

अवैधानिक दोहन गरेर आएको टिपरको लावा लस्कर कुदेरबिग्रिएको खाल्डा-खुल्डी बाटोमा टिपरबाट जोगिदै हामीले घटनास्थलबाट केही दूरी पार गरिसकेका थियौँ । शरिरमा केहि चोट लागेको (सायद टिपरले ठक्कर दिएको हुनुपर्छ) घाइते अवस्थामा चार खुट्टा तेर्साएर बिच सडकमा लम्पसार परेको गोरुलाई मिनिरल वाटरको बोतलबाट पानी खुवाउदै गरेको एक युवामाथि मेरोआँखा ठोक्कियो । मानवता हराउदै गएको मेरो देश त्यसमाथि भर्खरै मात्र (समाचार र गाउँलेको भनाई अनुसार) परिवारै मिलेर एक निर्दोष नारीको घाँटी थिची निर्मम हत्या गरेको दु:खद कुरा सुनेर आएको मेरो मनमा कता-कता नरमाइलो लागिरहेको थियो ।

एकछिन अघिसम्म घर फर्कन हतार भएको हामीलाई त्यो हृदय विदारक दृष्य र भाईको महानताले टक्क रोक्यो। उहाँसँग नबोली अगाडी बढ्न मेरो मनले मानेन, हामी रोकियौँ । मैले परैबाट भाइको तस्बिर क्यामरामा कैद गरेर भाईसँग परिचय पनि गरे, भाइको नाम अजय भट्टराई रहेछ । उहाँ आफ्नो घर काठमाडौंको पेप्सिकोलाबाट पुर्ख्यौली घर सिपाघाट जाँदै हुनुहुँदो रहेछ।

सरिता दुलालको हत्याका कारण एकछिन अघिसम्म मान्छेहरुमा मानवता हराइसकेछ भन्ने सोचले दु:खी मन लिएर फर्किदै गरेकी म उनको महानता देखे पछि मान्छेहरुमा मानवता हराइसकेको रहेनछ, अपराध गर्नेहरुको भिडमा मानवता पहिचान गर्न मात्र नसकेका रहेछौ !! मानवता अझै बाँकी रहेछ भन्ने सोच्दै हामीलाई आफ्नो घर पुग्नलाई अबेर भइसकेको हुँदा भाइसँग फेसबुकमा एड गर्ने बाँचाका साथै तस्विर फेसबुकमा राख्ने अनुमति माग्दै बिदा भएर बिस्तारै आफ्नो गन्तव्यतर्फ पाईला अघि बढायौं…..

प्रतिक्रिया

सम्बन्धित समाचारहरू