मानव बेचबिखनको मुद्दामा मुछिएका द्वन्द्व निर्देशक राजेन्द्र खड्गी भन्छन, ‘म २० तोला सुन लगाएर हिँड्छु, सम्पति कति हो कति लेखाजोखा नै छैन'(भिडियो)

मनिषा थापा

नेपाली चलचित्र जगतका बहुचर्चित द्वन्द्व निर्देशक राजेन्द्र खड्गी मानव बेचबिखनको अभियोगमा दुई महिना अघि पक्राउ परेका थिए।

दक्षिण कोरियामा विभिन्न नाटक, वृत्तचित्र र चलचित्र बनाउने भनी कलाकारका नाममा विभिन्न व्यक्तिलाई पठाई उतै लुक्न लगाउने गरेको आरोपमा पक्राउ परेका खड्गी अदालतको आदेश अनुसार साधारण तारिकमा रिहा भएका छन्।

द्वन्द्व निर्देशक खड्गीलाई दुई महिनापछि पाटन अदालतले धरौटीमा रिहा गरेको थियो। एक युट्युब च्यानलसँगको कुराकानीका क्रममा उनले भने,’आफूलाई सेयर बजारमा लगानी गर्ने इच्छा भएपनि साथीभाइको सल्लाहले लगानी गरेको छैन। म आफ्नो शरीरमा २० तोला सुन लगाएर हिड्ने मान्छे हु। मेरो सम्पतिको लेखाजोखा नै छैन।’ बाँकी हेर्नुहोस भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू