मानिसको शरीरमा पशुको मुटु प्रत्यारोपण गर्न सकिने वैज्ञानिकको दावी…

मनिषा थापा

एजेन्सी : अहिले विश्वभरी अंग प्रत्यारोपणलाई लिएर बहस चलिरहँदा विज्ञानको यो नयाँ आविष्कारले अंग प्रत्यारोपणको समस्या सुल्झिएको छ । खबरहरुका अनुसार गम्भीर बिमारीसँग जुझिरहेका मानिहसरुको शरीरमा सुगुँरको मुटु लगाउन सकिने सम्भावना धेरै बढेको छ ।

जर्मनका वैज्ञानिकहरुको यो नयाँ विकासले पूरै विश्वलाई आश्चर्यमा पारेको छ । यी वैज्ञानिकहरुले एकप्रकारको बाँदर बैबुनमाथि यो प्रयोग गरेका थिए । सुँगुरको मुटुको सफल प्रत्यारोपण भएपछि उक्त बैबुन ६ महिनासम्म जीवित रहेको थियो । वैज्ञानिकले यस प्रयोगलाई निकै जटिल भएको बताए ।

एउटा पशुको स्वस्थ मुटुलाई अर्कै प्रजातिमा प्रत्यारोपण गर्ने प्रक्रियालाई ‘एक्सोनाट्रान्सप्लान्ट’ भनिन्छ ।

‘नेचर जर्नल’ मा प्रकाशित यस अध्ययनमा यस्तो प्रक्रियाबाट भविष्यमा मानिसलाई पनि नयाँ जीवन दिन सम्भव हुने बताएका छन् । प्रत्यारोपणका लागि सुँगुरको जीनमा परिवर्तन गरिएको थियो जसको उद्देश्य अर्को प्रजातिको प्रतिरक्षा प्रणालीलाई दबाउनु थियो ।

जर्मन हर्ट सेन्टर बर्लिनका चिकित्सक क्रिस्टोफ नोसालाका अनुसार जिन परिवर्तन गरिएका सुँगुरबाट भविष्यमा मुटु रोगको समस्या समाधान गर्न सकिनेछ ।

शोधकर्ताहरुले तीन फरक समूहमा यसको प्रयोग गरेका थिए । पुरा अध्ययनको समयमा १६ वटा बैबुन संलग्न गरिएको थियो । अन्तिम समूहमा उनीहरुले सफल प्रत्यारोपण गरेका थिए ।

शोधकर्ताहरुले मुटुलाई अक्सिजन पुर्‍याउने लामो प्रक्रिया पुरा गरे । यसका लागि उनीहरुले पूरै समय अंगमा रक्त परिसञ्चरण गरे । यसकारण बैबुनको रक्तचाप कम हुँदा पनि प्रत्यारोपित अंगको आकार बढेन ।

प्रतिक्रिया