मापसे गरेर सवारी चलाउने साढे दुई लाखलाई कारबाही

राष्ट्रिय समाचार समिति

बेइजिङ, २९ असोज :चीनमा मादक पदार्थ सेवन गरेर सवारी चलाउने झण्डै साढे दुई लाख जना एक वर्षमा कारबाहीमा परेका छन् । चिनियाँ प्रहरीले बुधबार दिएको जानकारी अनुसार कूल दुई लाख ४७ हजार जनालाई मापसे गरेर सवारी चलाएकोले कारबाही गरिएको हो ।

फाइल फोटो

सार्वजनिक सुरक्षा मन्त्रालयले यो तथ्याङ्क एक वर्षको भएको पनि जनाएको छ । चीनमा भएका कूल सवारी दुर्घटनाहरूमध्ये २०.७ प्रतिशत दुर्घटना मादक पदार्थ सेवा गरेर सवारी साधन चलाएकाले हुने गरेको तथ्याङ्क छ । चिनियाँ कानूनका अनुसार मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउनु अपराध हो ।

प्रतिक्रिया