मालदिभ्समा प्रजातन्त्र पुनस्थापनाको चर्चा

मनिषा थापा

– मोहिनी मिश्र रिसाल

काठमाडौँ, १३ असोज (रासस)  :  मालदिभ्समा राष्ट्रपति पदको लागि भएको निर्वाचनमा त्यहाँको विपक्षी राजनीतिक दलका नेता इब्राहिम मोहमद सोलिह ५८.३ प्रतिशत मत प्राप्तगरी विजयी हुनुभएको छ । उहाँको यो विजयलाई भारत र अमेरिकाले मालदिभ्समा पुनः प्रजातन्त्र आएको टिप्पणी गरेका छन् ।

केही वर्षयतादेखि यहाँ प्रजातन्त्रका लागि भन्दै आन्दोलन र अभियानहरु सञ्चालनमा थिए । त्यहाँका वर्तमान राष्ट्रपतिले निर्वाचित पूर्व राष्ट्रपतिहरुलाई नै जेल हाल्ने तथा निर्वासनमा पठाउने गरेकाले प्रजातन्त्र प्राप्तिको आन्दोलन जारी रहेको बताइएको थियो ।

मालदिभ्समा इब्राहिमको जितलाई भारतले आफ्नो समर्थकको विजयको रुपमा लिएको बताएको छ । राष्ट्रपतिको सपथग्रहणमा पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आमन्त्रण गरिएको छ । उहाँले सहभागिताको बारेमा कुनै औपचारिक जानकारी नगराएपनि उहाँ उपस्थित हुने अपेक्षा गरिएको अधिकारीहरु बताउँछन् ।

प्रजातन्त्र आफ्नै हातमा लिई शक्तिको केन्द्रका रुपमा शासन सञ्चालन गरिरहेको भनिएका वर्तमान राष्ट्रपति अब्दुल्ला यामिन आश्चर्यजनक रुपमा पराजित हुनु भएको छ । अनौपचारिक रुपमा सार्वजनिक भएको चुनावी मतपरिणामअनुसार इब्राहिम अग्रस्थानले विजय हासिल गर्नु भएको हो । यस निर्वाचन परिणामले सत्तामा पुगेपछि अब कहिले पनि निक्लिनु पर्दैन जस्तो ठान्ने विश्वका कैयौँ नेताहरुलाई नयाँ पाठ सिकाएको छ ।

आफ्ना प्रमुख प्रतिद्वन्द्वीे पूर्वराष्ट्र«पति मोहम्मद नसिद नै निर्वासनमा रहेको अवस्थामा पनि यामिनको यसप्रकारको हार हुनुलाई आश्चर्यजनक परिणामको रुपमा लिइएको छ । यहाँ केही वर्षयताका निर्वाचनहरुमा निकै विवादहरु बाहिर आउने गरेका थिए । विश्व समुदायले पनि आमनिर्वाचनको परिणाम घोषणा भएलगत्तै त्यसलाई मान्यता दिने कि नदिने भन्ने विवाद गर्ने गर्दथे । तर यस पटक भने जनताले चुनेको यो परिणामलाई विश्व समुदायले नै स्वीकार गरेको छ । उनीहरुले निर्वाचनको परिणामलाई निष्पक्ष रुपमा आएको भनेका छन् ।

निर्वाचनको नतिजा चाडै सार्वजनिक गर्ने बताएको मालदिभ्सको निर्वाचन आयोगले राष्ट्रपतीय उम्मेदवारका रुपमा इब्राहिम विजयी हुनुभएको जानकारी अवगत गराएको छ । औपचारिक नतिजा सार्वजनिक गर्न ढिलाई नहुने सरकारी अधिकारीहरुले जानकारी दिएका थिए । सत्तारुढ दल प्रोगे्रसिभ पार्टी अफ मालदिभ्स (पिपिएम) ले विरोधको केही स्वरहरु उठाएको भएपनि औपचारिक नतिजा सार्वजनिक हुन ढिला नहुने आयोगका अधिकारीहरुको भनाई छ ।

मुलुकको निर्वाचन कानूनमा सात दिन भित्रमा निर्वाचन आयोगले अन्तिम नतिजा सार्वजनिक गर्ने व्यवस्था रहेको छ । पिपिएमको तर्फबाट केही टिप्पणीहरू आएको प्रमुख निर्वाचन आयुक्त अहमद शरिफले पनि पुष्टी गर्नुभएको छ । ती टिप्पणीहरूलाई हेरेर उपयुक्त निर्णय लिने शरिफले स्पष्ट पारिसक्नु भएको छ ।

क्षेत्रफलको हिसाबले दक्षिण एसियाको सबैभन्दा सानो तथा केही वर्षअघिसम्म राजनीतिक स्थीरता रहेको मानिने मालदिभ्समा छ वर्षयता बारम्बार संकटकालको घोषणा गर्ने र राजनीतिक संकट दोहोरिने गरेको छ । हाल सत्तामा रहनु भएका राष्ट्रपति अब्दुल्लाह यामिनले पूर्व राष्ट्र«पति मोहम्मद नसिद र पूर्व उपराष्ट्र«पति अहमद अदिबलाई जेलहाली शासन गरेपनि आखिरमा हारको सामना गर्नु परेको छ ।

आफू पुनः सत्तामै रहन चाहनुभएका यामिनबाट जनताको चाहनालाई सम्मान गर्दै सत्ताको शान्तिपूर्ण र सहज हस्तान्तरणका लागि नवनियुक्त राष्ट्रपति सोलिहले अपेक्षा व्यक्त गर्नुभएको छ । तर यामिनले पनि आफ्नो हार भने स्वीकार गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बारम्बार समाचारहरु सम्प्रेषण गरिरहेका छन् ।

पूर्व राष्ट्रपतिसमेत रहनुभएका एमडीपीका अध्यक्ष मोहमद नसीदले यो मतदानले मुलुकलाई पुनः लोकतान्त्रिक मार्गमा ल्याउने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रपति यामिनले हार स्वीकार्नुबाहेक यामिनसँग अर्को विकल्प नरहेको प्रष्ट पार्नु भएको छ । मोहमद नसीद हाल निर्वासनमा हुनुहुन्छ । सन् २०१२ मा त्यहाँका पूर्व राष्ट्र«पति नसिदलाई १३ वर्षको जेल सजाय सुनाइएपछि नै मालदिभ्समा विवाद सुरु भएको थियो । मालदिभ्सको एक फौजदारी अदालतले आतङ्कवादीको आरोप लगाउँदै प्रजातान्त्रिक दलका नेता र पूर्वराष्ट्र«पति मोहमद नसिदलाई १३ वर्ष कारावासको सजाय सुनाएको थियो ।

पूर्वराष्ट्र«पति नसिद सन् २००८ मा भएकोे निर्वाचनमा मालदिभ्सको राष्ट्र«पतिमा निर्वाचित हुनु भएको थियो । सन् २००८ को नोभेम्बरमा मालदिभिएन डेमोक्र््याटिक पार्टीको तर्फबाट निर्वाचन जितेर नसीद पहिलो प्रजातान्त्रिक राष्ट्र«पति बन्न सफल हुनुभएको थियो । सन् १९६५ मा बेलायती उपनिवेशबाट स्वतन्त्र भई सार्वभौमिकता सम्पन्न मालदिभ्समा यसलाई नै पहिलो प्रजातान्त्रिक निर्वाचन मानिएको थियो । मानवअधिकारवादी र स्वच्छ पत्रकारको छवि बनाइसकेका राजनीतिकर्मी नसीद पूर्वराष्ट्र«पति मौमुन अब्दुल गैयुमलाई परास्त गरी सत्तामा आउनुभएको थियो ।

हालै सम्पन्न चुनावमा धेरैजसो विपक्षी नेता जेलमा वा निर्वासनमा रहेका कारण सोलिह बाहेक अन्य विपक्षी नेता चुनावी मैदानमा नै थिएनन् । यसैकारण पनि वर्तमान राष्ट्रपति अब्दुल्लाह यामीनको जित लगभग निश्चित मानिएको थियो । तर जनताले यस निश्चितालाई उल्टाइदिएका छन् । पछिल्लो समयमा सरकार र न्यायालयबीचको विवाद यहाँ चरम रुपमा देखिन्छ । गत वर्षमात्र पनि यही विवादले देशको शासनसत्ता नै उलटपुलट हुनेसम्मको रूप लिएको थियो ।

साधारणतया आन्दोलन एवम् विरोध प्रदर्शन कमै हुने गरेको शान्तजस्तो देखिने राजधानी मालेको सडकमा मुलुकको राष्ट्रिय प्रहरी बल नै आन्दोलनमा उत्रियो । प्रहरीले नै राष्ट्र«पति नसिदविरुद्ध नै सन् २०१२ मा नारावाजी र बन्दुक प्रदर्शन गरे । त्यसपछि यहाँको राजनीतिक अस्थिरता शुरु भएको मानिएको छ । यसले ठूलो रक्तपात ल्याउने सङ्केत देखिएपछि राष्ट्र«पति नसिदले सन् २०१२ को फेब्रुअरीमा राजीनामा दिनुभएको थियो । त्यस बखत उहाँको राजीनामाले देशमा ठूलो रक्तपात रोकेको उहाँको दल, समर्थक एवम् विश्व समुदायले विश्लेषण गरेका थिए ।

करिब तीन सय वर्ग किलोमिटर मात्र क्षेत्रफल रहेको दक्षिण एसियाको सबैभन्दा सानो राष्ट्र« मालदिभ्सको अर्थतन्त्रको प्रमुख स्रोत पर्यटन हो । हिन्द महासागरमा रहेको यो देश पर्यटकीय आकर्षक गन्तव्य हो । मधुमास मनाउन जाने विश्वका सम्भ्रान्त जोडीका लागि यहाँका होटल र रिसोर्ट प्रख्यात छन् । मत्स्यपालन यहाँको पर्यटनपछिको दोस्रो ठूलो आयको माध्यम हो । करिब चार लाख ४६ हजार जनसङ्ख्या रहेको मालदीभ्स एकलाख नागरिक त राजधानी मालेमा मात्र बस्छन् ।

हालैको यो राष्ट्रपतीय निर्वाचनले यहाँको करिब सात वर्ष पुरानो राजनीतिक अस्थिरताको अन्त्य गरेको अनुमान गरिएको छ । गत वर्षमात्र पनि त्यहाँका पूर्व राष्ट्रपति मौमुन अब्दुल गैयुमलाई जेल हालेर राष्ट्रपति यामिनले अर्काे विवादको शुरुआत गरेका थिए । तर त्यो स्थायी र शान्तिपूर्ण बाटो थिएन । इब्राहिम मोहमद सोलिह राष्ट्रपति पदमा विजयी भएसँगै यहाँ राजनीतिक स्थिरता शुरु भएको र पुनः प्रजातन्त्रको आगमन भएको अनुमान गरिएको छ । रासस

प्रतिक्रिया