मालिकको मृत्युपछि पनि १० बर्षसम्म स्टेसनमा पर्खि रहे यी कुकुरले (हेर्नुहोस मनछुने कहानी)

रिता घिसिंग

पिएनपिखबर : टोकियोको एक प्रोफेसरले हाजीको नामको कुकुरलाई स्टेसनमा फेला परेका थिए। अचम्मको कुरा त यो छ कि हाजीको मालिक संधै ट्रेन चढेर कलेजमा जाने गर्थ्यो। जब उनि काममा जान्थ्यो तब हाजीको उनलाई पुर्याउन सधै रेल स्टेसन जान्थ्यो। फेरी साँझ प्रोफ्रेसरलाई लिन हाजीको स्टेसन जान्थ्यो।

कुकुरको यस्तो ब्यबहार देखि त्यहाँ रहेका सबै जना अचम्मित मान्थे। स्टेशनका सबैले हाजीकोलाई चिन्न थालेका थिए। धेरैसमय बित्यो यसै क्रममा प्रोफेसरको मृत्यु भयो। प्रोफेसरको मृत्यु कलेजमा भएको थियो। तर हाजीकोलाई यस बारेमा थाहा थिएन। उनि हरेक दिन रेल स्टेसनमा प्रोफेसरको पर्खाईमा बस्थ्यो। बिचारा हाजीकोलाई के थाहा अब उनको मालिक कहिले नफर्किने बाटो लागि सके भनेर।

उनको घर परिवारले उनलाई घर लैजान कति कोसिस गरे। तर हाजीको प्रोफेसर बिना घर जानलाई मान्दैन थियो। हाजीकोले आफ्नो मालिकलाई पर्खेर १० बर्ष स्टेसनमा बिताए। मालिकलाई पर्खिदा-पर्खिदा हाजीकोलाई रोग लग्यो तर पनि उनले प्रोफेसरलाई कुरिरहे यसै बीच रोगि हाजीकोको मृत्यु भयो। अहिले स्टेशनमा हाजीको र प्रोफेसरको मुर्ति पनि बनाएका छन।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू