माल्दिभ्सका राष्ट्रपति भारत भ्रमणमा आउने

admin

नयाँ दिल्ली, १० मङ्सिर: माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहमद सोलिहले अर्को महिना भारतको भ्रमण गर्नुहुने भएको छ । पद बहाली गरेको दश दिनभित्रै उहाँ भारत भ्रमणमा आउनुुहुने निर्णय भएको अधिकारीहरूले सोमबार जानकारी दिएका छन् ।

भारतको विदेश मामिला मन्त्रालयका उच्च अधिकारीका अनुसार सोलिह आगामी डिसेम्बर १७ तारिखका दिन भारत भ्रमणमा आउनुहुने भएको हो । नयाँ दिल्लीमा सोमबार दुई देशका विदेश मन्त्रीहरुका बीचमा छलफल भएपछि भ्रमणको टुङ्गो लागेको समाचारमा जनाइएको छ ।

मन्त्रीद्वयले दुई देशको जारी कार्यक्रमहरुका साथै नयाँ सहकार्यका क्षेत्रका बारेमा पनि छलफल गर्नु भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । उहाँहरूले आर्थिक सहयोग आदान प्रदान, व्यापारीक सम्वन्ध र दुई पक्षीय हितका बारेमा पनि कुराकानी गर्नु भएको बताइएको छ ।
-रासस÷सिन्ह्वा

प्रतिक्रिया