मिलन सिजापतीलाई १५ औँ धर्मश्री शारीरिक सुगठनको उपाधि

पूजा बानियाँ

काठमाडौं । नेपाल ब्यायाम मन्दिरका मिलन सिजापतीले १५ औँ धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन् ।

उनले १३ औँ धर्मश्री विजेता तथा ५० औं एशियन च्याम्पियनसिपका स्वर्ण पदक विजेता महेश्वर महर्जनलाई पछाडी पार्दै उपाधि हात पारेका हुन् ।

८० केजी माथीको तौल समूहमा प्रतिस्पर्धा गरेका उनले ५ लाख रुपैयाँ प्राप्त गरे । ८० केजी तौल समूहका सेप फिटनेशका महेश्वर दोस्रो भए । उनले २ लाख रुपैयाँ जिते । ६५ केजी तौल समूहकै नेपाल ब्यायाम मन्दिरका राम बहादुर दाहाल तेस्रो भए । उनले १ लाख रुपैयाँ हात पार्न सफल भए ।

सेप टु ढल्कुका प्रवेश श्रेष्ठ चौंथो स्थानमा रहे । उनले ९० हजार प्राप्त गरे । ७० केजी तौल समूहका नेपाल ब्यायाम मन्दिरका संजीव श्रेष्ठ पाँचौ भए । उनले ८० हजार हात पारे । ६० केजी तौल समूहका आशिष देवाजु छैटौं हुँदै ७५ हजार रुपैयाँ जित्न सफल भए ।

५५ केजीका ब्यायाम मन्दिरकै सुरेश खत्री सातौ भए । उनले नगद ६० हजार रुपैयाँ प्राप्त गरे ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान शनिवार सम्पन्न भएको ५५ केजी तौल समूहमा किशन दास दिवाकर दोश्रो र अवाज प्याकुरेल तेश्रो भए । त्यस्तै, ६० केजी तौल समूहमा गौरभ प्रसाद श्रेष्ठ र सुजन तामाङ दोश्रो र तेश्रो भए ।

६५ केजी तौल समूहमा रोजिन बज्राचार्यले दोश्रो स्थान तथा सुपेन डङ्गोल तेश्रो भए । यता ७० केजी तौलमा समिर श्रेष्ठले दोस्रो स्थान हात पार्दा उज्जल राज बज्राचार्यले तेस्रो स्थानमा चित्त बुझाए ।

प्रतियोगिताको ७५ केजी तौल समूहमा ललित धिमाल दोश्रो तथा अशोक महर्जन तेश्रो भए । ८० केजी तौलको समूहमा प्रविन शाहीले दोस्रो तथा विशाल कँडेलले तेस्रो भए ।

त्यसैगरि ८० केजी माथिको हेभी वेटमा नेपाल ब्यायाम मन्दिरका ग्रिस महर्जनले दोस्रो स्थान हात पार्दा कम्पिल्टि हेल्थ क्लबका अनोज मास्केले तेस्रो स्थानमा चित्त बुझाए ।

तौल समूहमा दोश्रो तथा तेश्रो हुनेले क्रमशः ३० र २० हजार रुपैयाँ प्राप्त गरेका छन्।

विजेता खेलाडीहरुलाई उप-राष्ट्रपती नन्द किशोर पुन ‘पासाङ’, पूर्व रक्षा मन्त्री तथा सांसद भिमसेन दास प्रधान लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया