मिसेस ग्लोबल व्युटि इन्टरनेशनलमा नेपालवाट धनु

admin

सामाजिक सेवामा लाग्दा लाग्दै सौन्र्दय प्रतियोगितामा सहभागिता जनाउनु भएकि धनु थापा मगर नेपालको प्रतिनिधिन्त गदै मिसेस ग्लोबल व्युटि इन्टरनेशनल मा जाने भएकि छिन । धनु सन २०१७ को मिसेस चितवन , २०१८ को मिसेस इष्र्टन चितवनको सेकेण्ड रनर अप र्भपछि उनि अहिले सामाजिक क्षेत्रसंगै यहि क्षेत्रमा व्यस्त भएकि छिन । 

३८ बर्षिय धनु भरतपुर ११ बसेनी गोर्खाली टोलकी स्थायी बासिन्दा हुन । उहाको श्रीमान रिर्टायड आर्मि पछि अहिले बैदेशिक रोजगारीको लागी अफगानिस्तान हुनुहुन्छ । सानैदेखि सामाजिक सेवामा सर्मर्पित उनि समाजसेवाको अलवा विभिन्न संघसंस्थामा समेत आवद्ध हुनुहुन्छ । फुर्सदको समयमा नृत्य गर्न रुचाउने धनुलाइ नृत्याङ्गनाको रुपमा समेत चिन्न सकिन्छ । 

 

दुइ सन्तानकी आमा धनुले यस बर्ष नेपालको तर्फवाट मिसेस ग्लोवल व्युटि नेपालको उपाधि सहित भारतको पुनेमा हुने प्रतियोगितामा सहभागिता जनाउन लागेकी हुन । बिश्वको करिब १८ देशको विवाहित महिलाहरुको सहभागिता रहने प्रतियोगितामा धनुले नेपालको राष्ट्रिय पोशाक सहित आफुलाइ प्रस्तुत गर्नेछिन ।

आफुले आफु र देशको नामलाइ उच्च राख्नको लागी हरदम प्रयास गर्ने बताइन । मञ्जरी स्कुल अफ मोडलिङ्गले धनुलाइ उपाधि सहित विभिन्न् अवसर समेत उपलव्ध गराएको छ । धनु आउदो एक बर्षको लागी मञ्जरी इन्टरनेशनलको गुडविल एम्वेसडर समेत घोषित भएकि छिन ।

प्रतिक्रिया