मुलुकलाई सुशासन र सुसंस्कृत बाटोमा अगाडि बढाउनुपर्छ

admin

काठमाडौँ, १३ असोज: राष्ट्रिय मानवअधिकार सरोकार केन्द्रले जनताले विश्वास गरेर प्रदान गरेको अभिमतलाई सम्मान गर्दै मुलुकलाई भ्रष्टाचार मुक्त, सुशासन र सुसंस्कृत बाटोमा अगाडि बढाउन सरकारसंग आग्रह गरेको छ ।

राष्ट्रिय मानवअधिकार सरोकार केन्द्र, नेपालको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक तथा ‘वर्तमान अवस्थामा सुशासन र मानवअधिकार’ विषयक अन्तरक्रिया कार्यक्रममा केन्द्रका अध्यक्ष विश्वप्रकाश शर्माले सो आग्रह गरेको हो । कार्यक्रमको उद्घाटन गर्दै सांसद देवेन्द्र पौडेलले मुलुकको विकास र समृद्धिका लागि सबै पक्ष सक्रिय भएर लाग्नुपर्ने बताउनुभयो ।

केन्द्रका संस्थापक अध्यक्ष एवं पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधानले सबै खालको विभेद अन्त्य गर्न र मानवअधिकार प्रवद्र्धनका लागि निरन्तर खबरदारी गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो । नेकपाका नेता झक्कु सुवेदी, मानवअधिकारकर्मी चरण प्रसाई, जनजाति नेता परशुराम तामाङ, अर्थविद् दीपेन्द्रबहादुर क्षेत्रीलगायतले मानवअधिकारका विविध पक्षमाथि प्रकाश पार्नुभयो ।
-रासस

प्रतिक्रिया