मूर्त–अमूर्त कला–संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गरौँ : बिजुक्छे

राष्ट्रिय समाचार समिति

भक्तपुर, १ असोज : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले कलाको राज्य भक्तपुरको मूर्त–अमूर्त कला–संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने बताउनुभएको छ । आज नेपाल क्रान्तिकारी डकर्मी सङ्घको तेस्रो भक्तपुर जिल्ला सम्मेलनको उद्घाटन गर्दै बिजुक्छेले मौलिक तथा पुराना घर र सम्पदाहरूको निर्माणका सीप र प्रविधिहरू नयाँ पुस्तामा पुस्तान्तरण हुननसके मासिने बताउनुभयो । 

उहाँले भक्तपुरको मूर्त–अमूर्त कला–संस्कृतिका कारण भक्तपुर घुम्ने आन्तरिक तथा बाह्य पर्यटकहरूको सङ्ख्या बढिरहेको चर्चा गर्दै कालिगढहरूले नयाँ नयाँ प्रविधि र निर्माणबारे सिक्न अभिप्रेरित गर्नुभयो ।

नेमकिपाका केन्द्रीय सदस्य तथा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले भवन निर्माण र अन्य व्यापारका कामहरूमा भारतीय कामदार र लगानीकर्ताको संलग्नता बताउँदै नेपाली कामदारहरू बिस्तारै विस्थापित हुने खतरा बढेकामा चिन्ता व्यक्त गर्नुभयो । 

प्रतिक्रिया